१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्धार, राहत र पुन:स्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भोटेकोशी र त्रिशूली नदीमा गएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार तथा पुन:स्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन तीनै तहका सरकारलाई आग्रह गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा विपद्पछिको उद्धार, राहत तथा पुन:स्थापनाका कार्य मानव अधिकारमैत्री ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । 

रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका प्रभावित जिल्लामा अनुगमन टोली परिचालन गरी उद्धार कार्य, घाइतेको उपचार तथा होल्डिङ सेन्टरमा रहेका प्रभावितको मानव अधिकारको अवस्थाबारे प्रारम्भिक अनुगमन गरिएको जनाइएको छ ।

आयोगले बाढीमा परी निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 

यसैगरी, उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, मनोसामाजिक परामर्शकर्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र मानवीय सहयोगमा जुटेका सर्वसाधारणप्रति धन्यवाद व्यक्त गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा हुने उद्धार, राहत, उपचार र पुन:स्थापनाका कार्यमा निजी क्षेत्रसँगसमेत सहकार्य र समन्वय गर्न आयोगले तीनै तहका सरकारलाई आग्रह गरेको छ ।

विपद्को यस असहज परिस्थितिमा उद्धार, राहत, पुन:स्थापना तथा पुन:निर्माणसँग सम्बन्धित गतिविधिमा सरकारलाई सहयोग गर्न, मानवीय सहायताका कार्यमा सक्रिय हुन तथा प्रभावित परिवारको पीडामाथि सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी नगर्न आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ । साथै अफवाह फैलाउने खालका सूचना तथा समाचारबाट टाढा रहन पनि आयोगले अनुरोध गरेको छ ।

0 Comments