१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरूले १० भदौमा रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा  परी बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । 

सभाको बिहीबारको बैठकको आकस्मिक समय लिएर बोल्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन्  बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले बाढीमा पनि आफ्ना आफन्तसमेत बेपत्ता भएको बताउँदै खोजी कार्यलाई तिब्र बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले सडक दुर्घटना न्यूनीकरण र छाडा पशु चौपायाको व्यवस्थापनमा समेत सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

उनले भने, ‘मेरो आफन्त समेत रसुवा बाढीमा परि धेरै जना हराउनुभएको छ । उहाँहरूको खोजी कार्य जारी गरियोस् ।’

रास्वपाकी सांसद ओजश्वी शेरचनले विपद्पछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित भएकाले महामारी फैलिनुअघि नै अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न माग गरिन् । उनले रसुवाको स्याफ्रुबेँसी, टिमुरे हेल्थ पोस्ट, टिमुरे हेल्थ डेस्क र मैलुङ स्वास्थ्य इकाई पूर्ण रूपमा ध्वस्त भएको उल्लेख गरिन् । उनले बाढीले धादिङ र त्रिशूली अस्पतालसमेत प्रभावित भएको उल्लेख गर्दै महामारी फैलिनु अघि नै बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य परीक्षण र स्क्रिनिङको व्यवस्था गर्न माग गरिन् ।

उनले भनिन्, ‘विपद्पछि प्रभावित क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीले त्यहाँको जनस्वास्थ्यको अवस्था कस्तो गम्भीर छ भनेर प्रष्ट पारेका छन् । सर्वप्रथम त रसुवाको स्याप्र्बेँसी, टिमुरे हेल्थ पोस्ट र टिमुरे हेल्थ डेस्क र मैलुङ स्वास्थ्य इकाई पूर्ण रूपमा ध्वस्त छ । धादिङ र त्रिसूली अस्पताल समेत प्रभावित छन् । स्वास्थ्य चौकी नै नरहेको अवस्थामा महामारी फैलिनू अघि नै त्यहाँ स्थानीय स्वास्थ्य शिविर स्थापना गरी स्वास्थ्य परीक्षण र स्क्रिनिङ गरियोस् ।’

रास्वपाका सांसद बुद्धिप्रसाद पन्तले आफ्नो निर्वाचन क्षेत्र र पर्साबाट समेत सयौँ नागरिक बेपत्ता भएको बताउँदै उद्धार कार्यमा स्रोतसाधन र जनशक्तिको अभाव देखिएको बताए । उनले सम्पर्कविहीन नागरिकका परिवारजन सास वा लाशको आशामा आफन्तको प्रतीक्षा गरिरहेको बताउँदै उद्धार कार्यमा थप तदारुकता देखाउन सरकारसँग आग्रह गरे ।

उनले भने,  ‘यस महाविपत्तीमा परी मेरो निर्वाचन क्षेत्र र पर्साका समेत सयौँ बेपत्ता हुनुभएको छ । उहाँहरूको परिवारजन आज पनि सास वा लाशको आशमा आफन्तको बाटो पर्खिरहेका छन् । उहाँहरूलाई यो सरकारप्रति आशा पनि छ । उहाँहरूले यो महाविपत्तीमा सरकारले देखाएको तदारकता, काम र प्रयासहरूलाई नजिकबाट नियालीरहनुभएको छ । स्रोतसाधन र जनशक्ति अभावमा उद्धार कार्यमा सोचेजस्तो प्रगति देखिएको छैन ।’

रास्वपाका सांसद बुद्धरत्न महर्जनले गोसाइँकुण्ड तीर्थयात्रामा गएका ललितपुरका नागरिक तथा देशभरका तीर्थयात्रीको यथाशिघ्र खोजी सरकारको ध्यानाकर्षण गराए । उनले चाडपर्व नजिकिँदै गर्दा आपूर्ति व्यवस्थापनमा समेत सरकार गम्भीर हुनुपर्ने बताए । कुनै नाका बन्द भए वा चाप बढे बजारमा दैनिक उपभोग्य वस्तुको अभाव, कालोबजारी र मूल्यवृद्धि हुनसक्ने तर्फ सरकार सचेत हुनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘गोसाइँकुण्ड तीर्थयात्रामा गएका ललितपुरका नागरिक र देशभरका तीर्थयात्रीको यथाशिघ्र खोजी गरी पत्ता लगाउन म हार्दिक अनुरोध गर्दछु । यस्तो विपद्को अवस्था र महान् चाड नजिकिँदै गर्दा सरकार आपूर्ति व्यवस्थापनमा समेत गम्भीर हुनुपर्छ । कुनै नाका बन्द भए वा चाप बढे बजारमा दैनिक उपभोग्य वस्तुको अभाव, कालोबजारी र मूल्यवृद्धि हुनसक्छ ।’

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद बलवती शर्माले बाढीले नागरिक र भौतिक संरचनासँगै हजारौँ सपना बगाएको उल्लेख गर्दै राहत वितरण र उद्धार कार्यमा सरकार गम्भीर हुनुपर्ने बताइन् । उनले बाढीमा परि बाग्लुङबाट समेत १६ जना सम्पर्कविहीन भएको जानकारी दिँदै रसुवा, नुवाकोट र धादिङको पीडा समग्र नेपाल र नेपालीको पीडा भएको बताइन् । सांसद शर्माले सुरुङभित्र फसेका नागरिकको उद्धारका लागि आवश्यक मेसिन संसारभर नरहेको भन्ने प्रधानमन्त्रीको भनाइप्रति आपत्ति समेत जनाइन् । 

उनले भनिन्, ‘यो केवल रसुवा, नुवाकोट र धादिङको मात्र पीडा नभएर समग्र नेपाल र नेपालीको पीडा हो । सभामुख महोदय बाढीले हाम्रा नागरिक र भौतिक संरचना मात्र नभई हजारौँ सपना समेत सँगै बढाएको छ । पर्यटक र रोजगारको लागि धेरै जिल्लाबाट त्यस क्षेत्रमन नागरिकहरू आज हराइरहेका छन् । हाम्रो बाग्लुङबाट पनि १६ जना सम्पर्कविहीन भएका छन् । सरकारलाई हाम्रो साथ पनि छ प्रश्न पनि छ । अन्तरिक्षसम्म गएर आधुनिक विज्ञानको खोजी गर्ने आजको युगमा एउटा मामुली सुरुङभित्र फसेका नागरिकको उद्धार गर्ने मेसिन संसारभर छैन भन्ने सम्माननीय प्रधानमन्त्रीज्यूको भनाइ सरासर झुट र लज्जाजनक भएन र ?’

अधिकांश सांसदहरुले बाढीपछिको विपद् प्रतिकार्यमा सरकारले गति बढाउनुपर्ने बताए । बाढीबाट सम्पर्क विच्छेद भएका राजमार्गको पुनर्निर्माण तथा वैकल्पिक मार्गको व्यवस्था तत्काल गर्न समेत सरकारको ध्यानाकर्षण गराए । 

0 Comments