काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेर अघिदेखि जारी बैठकमा रसुवाको भोटेकोशी बाढीबाट भएको क्षति, उद्धार तथा राहतका प्रयासहरूसँगै नियमित प्रशासनिक एवम् नीतिगत प्रस्तावहरूमाथि छलफल भइरहेको छ।
आजको बैठकले बाढी प्रभावित क्षेत्रमा थप राहत, पुनर्स्थापना र क्षतिपूर्तिसम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गर्न सक्ने अनुमान गरिएको छ।






