१८ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाको आरोप: ‘सुरुङमा फसेका नागरिकको उद्धारमा सरकार गम्भीर भएन’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले रसुवाको भोटेकोशी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारमा सरकारले गम्भीरता नदेखाएको आरोप लगाएका छन् । 

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकारले बाढीले पुरिएका टनेलमा पसी त्यहाँ फसेका नागरिकको तत्काल उद्धार गर्न समेत सरकारसँग माग गरे । उनले प्रधानमन्त्रीले कुलमान घिसिङजस्ता जलविद्युत विज्ञहरुसँग समयमै संवाद नगरेकोप्रति आपत्ति जनाए । उनले अहिले पनि बाढी प्रभावित पाँच वटा टनेलमा उद्धारकर्मी नपुगेको बताए । उनले प्रधानमन्त्रीले सुरुङमा पसेको लेदो खन्ने मेसिन संसारमै छैन भनी बुधवारको सभाको बैठकमा दिएको अभिव्यक्तिप्रति समेत आपत्ति जनाए । उनले उद्धार गर्न बजेट परिचालनको अधिकार सरकारबाहेक कुनै व्यक्ति विशेषसँग नरहेको उल्लेख समेत गरे । उनले कुनै नागरिकले आफ्ना नागरिको उद्धारको माग गर्दा सत्तारुढ दल रास्वपाका नेता कार्यकर्ताहरूले व्यक्तिगत गालीगलौजमा उत्रिएकोप्रति पनि आपत्ति जनाए ।

उनले भने, ‘सम्माननीय सभामुख महोदय, पाँच वटा टनेलमा केही काम नै भएको छैन । हामीले माग्ने सरकारसँगै हो । हिजो नख्खुमा बग्दै गएका नागरिकलाई उद्धार गर्दिनुस् भन्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकले आक्रमण गरे । रातो लुगा लगाएका एमालेका कार्यकर्ताहरू त्यस बेला हामीलाई कुट्न आउँथे । अहिले एक जना महिलाले टनेलमा फसेका श्रीमान्को खोजी गरिदिनुस् भन्दा रास्वपाका नीलो साइबर स्यालहरू उनीमाथि दुर्व्यवहारसहित गालीगलौज र आक्रमण गरिरहेका छन् ।’

उनले बाढी प्रभावित नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए ।  

0 Comments