१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग

अ+ अ-

काठमाडौँ । अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरो तथा आएको बाढीले काठमाडौँ उपत्यका र बागमती प्रदेशका प्रमुख राजमार्ग पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले जारी गरेको पछिल्लो सडक अवस्थाबारे अद्यावधिकअनुसार पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–२ परेवा भीरमा भने साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन्  जवाङखोला र कमेरेभीर क्षेत्रमा एकतर्फी यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

बाढीको सम्भावनालाई ध्यानमा राखी बिपी राजमार्गको काभ्रे खण्डमा सवारी सञ्चालनमा समयसीमा तोकिएको छ । १० टनसम्मका मालवाहक सवारीसाधन साँझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म सञ्चालन गर्न दिइने तथा दिउँसो सडकको अवस्था हेरेर मात्र सञ्चालनको अनुमति दिइने जनाइएको छ ।

रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी सडकअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीले सडक क्षति पुर्‍याएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाका अन्य मुख्य सडकसमेत अर्को सूचना नभएसम्म बन्द रहेका छन् ।

यसैगरी, नुवाकोटको टोखा–छहरे सडकअन्तर्गत घट्टेखोलामा पहिरोको जोखिमका कारण राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । सिमटारस्थित पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँ प्रवेश गर्ने चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरो हटाएपछि काठमाडौँ–धादिङ सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ । प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा लामो दूरीको यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाको ट्राफिक प्रहरी वा प्रहरी ‘कन्ट्रोल रुम’मा सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ । अवरुद्ध सडक खुलाउन डोजर तथा प्राविधिक टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । 

0 Comments