१९ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

अ+ अ-

काठमाडौँ । दार्चुलाको अपि हिमाल गाउँपालिका-१ भट्टाणमा पहिरो खसेर चौलानी नदी आंशिक रूपमा थुनिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सम्भावित जोखिमप्रति उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

मुख्यमन्त्री भट्टले घटनाबारे अपि हिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा, दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेल, आन्तरिक मामिला मन्त्रालयका सचिव धर्मराज जोशीलगायत सम्बन्धित अधिकारीसँग जानकारी लिँदै सतर्क रहन निर्देशन दिएका हुन् ।

नदी थुनिएपछि पानीको सतह बढ्न सक्ने तथा थुनिएको नदी अचानक खुल्दा तल्लो तटीय क्षेत्रमा जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै मुख्यमन्त्री भट्टले नदी किनारका बासिन्दालाई पूर्वसावधानी अपनाउन आग्रहसमेत गरेका छन् ।

उनले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुखसँग समेत घटनाको अवस्थाबारे जानकारी लिँदै चौलानी नदी किनारका बासिन्दालाई सम्भावित जोखिमबारे सचेत गराउन तथा सुरक्षा निकायलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

उनले आन्तरिक मामिला मन्त्रालय तथा मातहतका सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन, घटनाको निरन्तर निगरानी गर्न र आवश्यक परे तत्काल खोज, उद्धार तथा राहतका लागि परिचालन हुने गरी तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । नदी आसपास उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह यसैबीच जिल्ला प्रशासन कार्यालय दार्चुलाले चौलानी नदी आसपासका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज एक सूचना जारी गरी प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले अपिहिमाल गाउँपालिका-१ भट्टारस्थित चौलानी नदीमा पहिरो खसेर नदी आंशिक रूपमा थुनिएपछि सम्भावित जोखिमबाट बच्न तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई सतर्क रहन आग्रह गरेका छन् । 

पहिरो खस्ने क्रम जारी रहेकाले नदी पूर्णरूपमा थुनिन सक्ने र त्यसबाट जोखिम उत्पन्न हुन सक्ने प्रशासनले जनाएको छ । वर्षा र बाढीबारे जानकारी लिन १११५, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल ११४४ मा सम्पर्क गर्नसमेत आग्रह गरिएको छ ।

यसैबीच, नदी आंशिक रूपमा थुनिएको खबर प्राप्त हुनासाथ सम्भावित जोखिमबारे स्थानीयलाई जानकारी गराउन सशस्त्र प्रहरीको टोलीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल चमेलिया जलविद्युत् सुरक्षा बेस बलाँचबाट सशस्त्र प्रहरी सहायक निरीक्षक विनोद खड्काको कमाण्डमा १० जनाको टोली सूचना प्रवाहका लागि खटिएको सशस्त्र प्रहरी बल,नेपाल वैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले जानकारी दिए ।

टोलीले चमेलिया नदी आसपासका बस्ती तथा चमेलिया जलविद्युत् उत्पादन केन्द्रको इलाकामा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमबारे जानकारी गराउँदै सतर्क रहन माइकिङ गर्ने काम गरिरहेको उजले जानकारी दिए ।

“हाल नदीको बहाव सामान्य रहेको जानकारी छ । तथापि, पछि उत्पन्न हुने जोखिमलाई हेरेर हामीले उच्च सतर्कता अपनाउन आवश्यक सूचनाका लागि जनशक्ति परिचालन गरेका छौँ,” डिआइजी सुवेदीले भने । 

0 Comments