२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

अ+ अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको सहिद लखन र चितवनको इच्छाकामना गाउँ पालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् । 

गोरखा २ का प्रतिनिधि सभा सदस्यसमेत रहेका उनले यी दुई गाउँपालिका बाढीका कारण संकटमा रहेको जानकारी दिए । सरकारले रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका नदी तटीय केही पालिकाहरूलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सांसद बुर्लाकोटीले यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै भोटेकोशी बाढीबाट चितवनको इच्छाकामना र गोरखाको सहिद लखन गाउँपालिकाका केही क्षेत्र पनि प्रभावित भएको जनाउँदै सरकारले यसलाई पनि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नुपर्छ भने।  

यस विषयमा आफूले सरकार र पार्टीमा कुरा राखिसकेको जनाउँदै विपद् संकटग्रस्त क्षेत्र घोषणा भएसँगै दुवै पालिकाका प्रभावितलाई राज्यका तर्फबाट सम्बोधन गर्न सकिन्छ भने ।उनले भने,“बाढीले यी दुवै पालिकामा क्षति पुर्‍याएको छ । नदी तटीय क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । नदी किनारमा रहेका पर्यटकीय होटल र उद्योगमा क्षति पुगेको छ । दुवै गाउँपालिका त्रिशूली नदीको वारी र पारी पर्दछन् । भोटेकोशीबाट आएको बाढी यिनै पालिकासँगैको त्रिशूली नदी हुँदै नारायणीमा मिसिएको हो । ”

सरकारले रसुवाको उत्तरगया, गोसाइकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका, नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका, नुवाकोटकै किस्पाङ र तारकेश्वर गाउँपालिकाकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । धादिङको गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, गोरखाको गण्डकी गाउँपालिका, तनहुँको देवघाट र आँबुखैरेनी गाउँपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

यससँगै यी दुई पालिकालाई थप गर्न उनले माग गरेका हुन्। यसले राज्यको लगानी बढ्नेसँगै राहत, उद्धार, क्षतिको पुन:निर्माण, गैरसरकारी संघसंस्थालाई काम गर्न बाटो खुला हुने प्रमुख सचेतक बुर्लाकोटी बताए। बाढीबाट प्रभावित परिवारलाई भेट्ने क्रममा आज चितवन हुँदै गोरखा पुगेका बुर्लाकोटीले बाढीबाट प्रभावित भएकाको उद्धार, राहत र पुन:स्थापना लगायतमा सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर रूपमा लागिरहेको बताए।

सरकारले गोरखालगायतका जिल्लाबाट संघीय राजधानी जाने कृष्ण भिरसहितका सडकको मर्मत र वैकल्पिक मार्ग निर्माणमा तीव्र गतिमा काम गरिरहेकाले छिट्टै संघीय राजधानीसँगको यातायात सहज हुने बताए ।

0 Comments