२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दक्षिणी लेबनानमा इजरायली हवाई हमला: ४ जनाको मृत्यु, २० घाइते

अ+ अ-

 लेबनान । दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा आइतबार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । 

लेबनानको जनस्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार उक्त हताहती भएको हो । मन्त्रालयको आपतकालीन सञ्चालन केन्द्रकाअनुसार नबातिए अल–फौकामा दुई जनाको मृत्यु र दुई जना घाइते भएका छन् । त्यसैगरी, नबातिएकै रहबात क्षेत्रमा भएको आक्रमणमा एक महिला र एक बालकसहित आठ जना घाइते भएका छन् ।

 अरब सलिममा दुई जनाको मृत्यु हुनुका साथै दुई बालबालिकासहित ६ जना घाइते भएको मन्त्रालयले जनाएको छ । काफ्र रुमान क्षेत्रमा भएको अर्को आक्रमणमा चार जना घाइते भएका छन् । इजरायली सेनाले सामाजिक सञ्जाल ’एक्स’ मार्फत यो आक्रमण हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी गरेको ड्रोन प्रहारको जवाफ भएको दाबी गरेको छ ।

 इजरायली पक्षका अनुसार दक्षिणी लेबनानको सुरक्षा क्षेत्रमा तैनाथ सैनिकहरूमाथि हिजबुल्लाहले दुईवटा विस्फोटक ड्रोन प्रहार गरेको थियो । तीमध्ये एउटा ड्रोनलाई आकाशमै नष्ट गरिएको र इजरायली सैन्य पक्षमा कुनै क्षति नभएको सेनाले उल्लेख गरेको छ । यसैबीच, इजरायली सेनाले अरब सलिमका बासिन्दाहरूलाई लक्षित गरी खाली गर्ने चेतावनी (इभ्याकुएसन वार्निङ) समेत जारी गरेको थियो । 

हिजबुल्लाहको सैन्य संरचना नजिक रहेको भन्दै इजरायलले त्यहाँका नागरिकहरूलाई तोकिएको भवन र वरपरका क्षेत्रबाट कम्तीमा ३ सय मिटर टाढा जान निर्देशन दिएको थियो । आफ्ना नागरिक र सैनिकहरूमाथि हुनसक्ने खतरा न्युनिकरण गर्न सो क्षेत्रमा सैन्य कारबाही जारी रहने इजरायली सेनाको भनाइ छ । 

लेबनानको जनस्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत मार्च २ देखि हालसम्म लेबनानमा भएका इजरायली आक्रमणहरूमा परी मृत्यु हुनेको संख्या ४ हजार ३५८ पुगेको छ भने १२ हजार ३५९ जना घाइते भएका छन् । 

0 Comments