२२ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन

अ+ अ-

काठमाडौँ । नेपाल इन्जिनियर्स एशोसिएशनले भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएका इन्जिनियरहरू तथा अन्य आम नागरिकको स्मृतिमा दीप प्रज्वलन गरेको छ । 

सोमवार साँझ काठमाडौँको माइतीघर मण्डलामा एक कार्यक्रमको आयोजना गरी उक्त प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको हो । 

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो परिमाणमा मानवीय क्षति भएको थियो । उपलब्ध तथ्याङ्कअनुसार बाढीमा परेर हालसम्म १ हजार ३ सय ५५ जनाले ज्यान गुमाएका छन् भने ५ हजार व्यक्तिहरू अझै बेपत्ता रहेका छन्। सोही विनाशकारी विपत्तिमा परी ज्यान गुमाउने तथा बेपत्ता भएकाहरूको सम्मान र सम्झनामा एशोसिएशनले यो स्मृति कार्यक्रम आयोजना गरेको हो । 

बाढीमा परी ज्यान गुमाएका प्राविधिक जनशक्ति (इन्जिनियर) लगायत सम्पूर्ण सर्वसाधारणप्रति ऐक्यबद्धता जनाउँदै आयोजना गरिएको उक्त कार्यक्रममा एशोसिएशनका पदाधिकारी, इन्जिनियर तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

दीप प्रज्वलनका माध्यमबाट मृतकको आत्माको शान्तिको कामना गर्दै बेपत्ताहरूको अवस्थाप्रति सहानुभूति प्रकट गरिएको एशोसिएशनले जनाएको छ ।

0 Comments