२४ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भदौ २३ र २४ का घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन र कारवाही गर्न गगन थापाको माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका हिंसा, दमन तथा सार्वजनिक संरचना ध्वंसका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

बीपी स्मृति दिवसका अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै थापाले दुवै दिनका घटनाको सत्य तथ्य सार्वजनिक नगरेसम्म राज्य जबाफदेही बन्न नसक्ने बताएका हुन्। उनले सरकारले प्रतिबद्धता जनाएअनुसार अनुसन्धान कहाँ पुग्यो भन्ने प्रश्नसमेत गरेका छन्।

सभापति थापाले भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनमा भएको राज्य दमन तथा आन्दोलनभित्र घुसपैठ गरी हिंसा भड्काउनेहरूको पहिचान गर्नुपर्ने बताए।

उक्त घटनासम्बन्धी अध्ययनको पूर्ण प्रतिवेदन सार्वजनिक गरी दमन र हिंसामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ।

थापाले भदौ २४ गते सिंहदरबार, अदालतलगायत सार्वजनिक संरचनामा भएको आगजनी र ध्वंसबारे समेत निष्पक्ष तथा गम्भीर अनुसन्धान आवश्यक रहेको बताए।

त्यस दिन आफ्नो घरसमेत जलेको स्मरण गर्दै उनले व्यक्तिगत क्षतिभन्दा आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएका युवाको पीडा ठूलो रहेको उल्लेख गरे।

नागरिकको आक्रोश र आवेगमा व्यक्त प्रतिक्रियालाई सङ्गठित अपराधसँग एउटै रूपमा हेर्न नहुने थापाको भनाइ छ।

‘आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ,’ उनले भने, ‘तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ, उसले माफी पाउनु हुँदैन। उसले दण्ड पाउनुपर्छ।’

उनले नागरिकको आवेगलाई प्रयोग गरी हिंसा र ध्वंस मच्चाउने व्यक्तिको पहिचान गरेर कारबाही गर्नुपर्नेमा जोड दिए।

सरकारले भदौ २४ गतेका घटनाको निष्पक्ष अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको स्मरण गराउँदै थापाले अनुसन्धानको प्रगति सार्वजनिक गर्न माग गरे।

भदौ २३ गते दमन गर्ने, आन्दोलनमा घुसपैठ गरेर हिंसा भड्काउने तथा भदौ २४ गते आपराधिक गतिविधिमा संलग्न सबैलाई कानुनी कारबाही गरेपछि मात्र राज्य जबाफदेही बन्ने बाटोमा अघि बढ्ने उनको भनाइ छ।

0 Comments