२५ भाद्र २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

अ+ अ-

बारा । भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । 

विनासकारी बाढीसँगै रसुवा र तातोपानी भन्सार नाका अवरुद्ध भएपछि चीनबाट आयात हुने कतिपय मालवस्तु अवरुद्ध नाका परिवर्तन गरी वीरगन्जबाट भित्रिन थालेपछि आयात बढेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले बताए । 

“दसैँ, तिहार र छठजस्ता प्रमुख चाडपर्व नजिकिएसँगै लत्ताकपडा, जुत्ता, सजावटजन्य सामग्री, ड्राइ फ्रुट, चकलेटलगायतका मालवस्तु ल्याउँदा आयात बढ्नु स्वभाविक हो” उनले भने, “अन्य महिनाको तुलनामा दसैँमा आयात बढ्ने नै हो, तर यसपटक  उत्तरतर्फका प्रमुख दुई नाका अवरुद्ध हुँदा वीरगन्जमा दबाब बढेको छ ।”

प्रमुख भन्सार प्रशासक मैनालीका अनुसार उत्तरी नाका अवरुद्ध रहेको अवस्थामा व्यापारीले दक्षिणी नाकाबाट भए पनि चाडपर्व लक्षित सामान आयात गरिरहेका छन् । दसैँ तथा अन्य पर्व लक्षित गरेर बुकिङ गरिएका मालसामन नाका परिवर्तन गरेर भएपनि ल्याउन थालिएको छ । लामो समयसम्म यस्तै अवस्था कायम रहे भन्सार कारोबार वृद्धि भई लक्ष्यभन्दा बढी राजश्व संकलन हुनु स्वाभविकै हो ।  

वीरगन्ज भन्सारअन्तर्गतको सिर्सिया सुक्खा बन्दरगाहाबाट रेलमार्फत चीनबाट आयात भएका केही सामान भित्रिन सुरु भइसकेको तथा चाडपर्व लक्षित सामानसँगै इन्धन, सवारी साधन, निर्माणजन्य, खाने तेललगायतका मालवस्तु नियमित आयात भइरहेकाले भदौ महिनामा वीरगन्ज भन्सारको राजस्व असुली उत्साहजनक रहेको उनले स्पष्ट पारे ।  

“आयातको मात्रा बढेकै कारण राजस्व असुलीमा पनि सुधार देखिएको छ,” उनले भने, “अहिले दैनिक ७० प्रतिशतले राजस्व असुली बढेको तथ्यांक छ ।” भदौ महिनाको राजस्व असुली लक्ष्य रु २३ अर्ब ५२ करोड रहेकोमा २४ गते बुधवारसम्म ९३ दशमलव ३७ प्रतिशत राजस्व संकलन भइसकेको प्रमुख भन्सार प्रशासक मैनालीले जानकारी दिए । 

प्रमुख भन्सार प्रशासक मैनालीका अनुसार चालु आर्थिक वर्षमा वीरगन्ज भन्सार कार्यालयले रु दुई खर्ब ९३ अर्ब राजस्व असुली गर्ने लक्ष्य पाएको छ । भोटेकोशी बाढी लगतै राजस्व असुलीमा केही कमी आए पनि अहिले चिनियाँ सामग्री पनि भित्रिन थालेपछि उत्साहजनक वृद्धि भएको छ ।  

भोटेकोशी बाढीले राजधानी काठमाडौँ भित्रिने मुख्य सडक अवरुद्ध भएपछि मालवाहक ठूला गाडीले वैकल्पिक सडक प्रयोग गर्नुपरेको तथा एउटा कन्टेनरबाट ल्याएका समान तीन वटामा राखी ढुवानी गर्नुपर्ने भएकाले चाडबाडको अवसरमा बजार मूल्य बढ्ने हो कि भनी उपभोक्ताबादी संघसंस्थाले चिन्ता व्यक्त गरेका छन् ।

 विपत्को क्षणमा सडक तथा ढुवानी यातायातलाई  देखाएर मनपरी ढंगबाट मूल्य बढ्न सक्ने आशंकासहित बजार अनुगमनमा जोड दिन र उपभोक्ता स्वयं सचेत हुन अनुरोध गरिएको छ ।  

0 Comments