२७ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरा बसपार्कका सुकुम्वासी व्यवस्थापन अघि बढाउँदै महानगर

अ+ अ-

कास्की । पोखरा महानगरपालिकाको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढाउने भएको छ ।

महानगरले गरेको छानबिनको अन्तिम प्रतिवेदनअनुसार हालसम्म बसपार्कमा ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासी छन् । 

जसमा १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुम्वासी तथा २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा छन् । महानगर कार्यपालिका बैठकले भूमिहीन र अव्यवस्थित बसोबासीको विवरण प्रमाणीकरण गरिसकेको छ ।

महानगर प्रमुख धनराज आचार्यले बसपार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्वासी परिवारको व्यवस्थापनलाई अघि बढाइने बताए। 

उनका अनुसार बसपार्क क्षेत्रका सुकुम्वासी बस्ती व्यवस्थापनको बाँकी प्रक्रिया आउँदो आइतबारदेखि पुनः अघि बढाइने छ । नयाँ बस्ती व्यवस्थापन तथा सुकुम्वासी समस्या समाधानका लागि गठित जिल्ला समितिको आवश्यक निर्णय प्रक्रिया अगाडि बढिरहेको प्रमुख आचार्यले बताए ।

“भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सम्बन्धित सबैको कार्यव्यस्तता उद्धार तथा राहततर्फ केन्द्रित भएपछि बस्ती व्यवस्थापनको काम केही दिनका लागि रोकिएको थियो । अब भने बाँकी निर्णय प्रक्रिया पुनः अघि बढाइनेछ । विपद्का बेला सुकुम्वासी बस्ती व्यवस्थापन वा निर्माणका काममा केही दिन ढिलाइ हुनुभन्दा नागरिकको उद्धार, राहत, शव व्यवस्थापन तथा मानवीय सहयोगलाई प्राथमिकता दिएका छौँ”, आचार्यले भने।

प्रमुख आचार्यले मनसुनसमेत क्रमशः रोकिँदै गएको उल्लेख गर्दै बसपार्क क्षेत्रको समस्या समाधानसँगै फिर्के खोलाको बाँकी काम पनि सँगसँगै अघि बढाइने जानकारी दिए । महानगरले बसपार्कका सुकुम्वासीलाई वैकल्पिक व्यवस्था गरेर मात्र बसोबास गरिरहेको स्थानबाट हटाउने र त्यसका लागि जमिन केही स्थानमा पहिचान भइसकेको जनाएको छ । 

पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा जग्गा अधिग्रहण गरिएको थियो । योजना बनेको पाँच दशकसम्म बसपार्क नबन्दा पृथ्वीचोक क्षेत्रको सडक फेटी र फुटपाथबाटनै लामो तथा छोटो दूरीका बस गन्तव्यका लागि छुट्ने बाध्यता छ । 

बसपार्कभित्रको जग्गा सुकुम्वासी र अन्य केही व्यक्तिले अतिक्रमण गरेपछि बसपार्क बन्न सकेको थिएन । पछिल्लो समय महानगरले बसपार्कभित्रका व्यापारिक सटर कवल हटाएको छ । महानगरले बसपार्कको जग्गा खाली गरेपछि दातृ निकायको सहयोगमा सुविधासम्पन्न बसपार्क बनाउने योजना सार्वजनिक गरिसकेको छ । 

पृथ्वी चोकमा सुविधासम्पन्न बसपार्क बनाउन तथा पोखराको स्मार्ट यातायात व्यवस्थापनका लागि दक्षिण कोरिया सरकारले सहयोग गर्ने भएको छ । कोरियाली विकास नियोग(कोइका)ले यहाँको यातायात प्रविधिमैत्री र वातावरणमैत्री बनाउनका लागि लगानीको प्रतिबद्धता जनाइसकेको महानगरले जनाएको छ ।

0 Comments