२८ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘महानगर सफा राख्ने जिम्मेवारी हामी नागरिककै हो’- जितु नेपाल

अ+ अ-

काठमाडौँ । कलाकार जितु नेपालले काठमाडौँ महानगरपालिकालाई सफा र व्यवस्थित बनाउन महानगरवासी स्वयं सचेत र जिम्मेवार हुनुपर्ने बताएका छन् ।

आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपालले महानगरमा पार्किङको समस्या रहेको उल्लेख गर्दै ट्राफिक प्रहरीले गाडीमा लक लगाउने तथा पार्किङ व्यवस्थापनका कारण सर्वसाधारणले समस्या भोग्नुपरेको बताएका हुन् । उनले पार्किङ व्यवस्थापनका लागि महानगरपालिकाले थप सोच्नुपर्ने आवश्यकता रहेको बताए । नेपालले महानगरलाई सफा राख्न महानगर प्रहरी तथा महानगरपालिकाले गरिरहेको कामको प्रशंसा गरे ।

उनकाअनुसार घरमै कुहिने फोहोरलाई व्यवस्थापन गरी मल बनाउन सकिन्छ । त्यसबाट गमलामा फूल तथा अन्य बिरुवा हुर्काउन सकिने र प्लास्टिक तथा बोतलजस्ता पुन:प्रयोग वा बिक्री गर्न मिल्ने सामग्री छुट्टै संकलन गर्दा फोहोरको मात्रा पनि घटाउन सकिन्छ । नेपालले घरको कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाएर फाल्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाए ।  यसरी मिश्रित फोहोर राख्दा फोहोर संकलन गर्ने कर्मचारीलाई समेत काम गर्न कठिन हुने उनको भनाइ छ ।

उनले भने, ‘पार्किङको समस्या हामीलाई पनि छ । गाडी रोक्न मन हुँदैन, तर बाध्यता हुन्छ । ट्राफिक प्रहरीले लक लगाइदिने, गाडी उठाइदिने अवस्था आउँदा तनाव हुन्छ । त्यसैले पार्किङ व्यवस्थापनका विषयमा महानगरपालिकाले पनि सोच्न आवश्यक छ । आज कार्यक्रममा आएर वृत्तचित्र र विनोद दाइले बनाउनुभएको गीत हेर्दा महानगरपालिका वास्तवमै धेरै सफा भएको महसुस भयो । महानगरलाई सफा र व्यवस्थित बनाउन यहाँहरूको ठूलो योगदान छ । तर महानगर फोहोर बनाउने मुख्य जिम्मेवार हामी नागरिक पनि हौँ । घरबाट निस्कने कुहिने फोहोर घरमै व्यवस्थापन गरेर मल बनाउन सकिन्छ। प्लास्टिक, बोतललगायतका फोहोर छुट्टाछुट्टै राख्दा पुनः प्रयोग गर्न सकिन्छ । तर हामी सबै फोहोर एउटै ठाउँमा मिसाएर फाल्ने गर्छौँ, जसले फोहोर व्यवस्थापनमा समस्या थप्छ । त्यसैले हामी नागरिक पनि सचेत हुनुपर्छ । नियम कडा हुनुपर्छ र सबैले नियमको पालना गर्नुपर्छ ।’

उनले महानगर सफा राख्न नागरिकको व्यवहारमा परिवर्तनसँगै नियमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।  

0 Comments