२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मोचा बन्दरगाह शहर कब्जापछि हुथी समूहद्वारा २१० बन्दी रिहा

अ+ अ-

काठमाडौँ । यमनको हुथी समूहले लाल सागर तटीय क्षेत्रमा तिब्र सैन्य अघि बढाइका क्रममा रणनीतिक बन्दरगाह सहर मोचा कब्जा गरेपछि सरकारी सुरक्षा बलको नियन्त्रणमा रहेका आफ्ना २१० सदस्यलाई रिहा गरेको जनाएको छ ।

हुथीका एक सैन्य अधिकारीका अनुसार दक्षिण पश्चिमी ताइज प्रान्तमा रहेको मोचा शहर बिहीवार कब्जा गरेपछि हुथी लडाकुहरूले सरकारी नियन्त्रणमा रहेको एउटा कारागारमा प्रवेश गरेका थिए । सरकारी सुरक्षा बल पछि हट्ने क्रममा सबै २१० बन्दीलाई एउटा ठूलो हलमा राखेर थुनेर गएको र हुथी लडाकुले कारागारमा प्रवेश गरी उनीहरूलाई मुक्त गरेको ती अधिकारीले बताए । हुथी समूहद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनले शनिबार ती २१० जना बन्दी साना पुगेको पुष्टि गरेको छ । रिहा भएका एक हुथी बन्दी अबु खलिलले आफू एक वर्ष चार महिनादेखि कारागारमा रहेको बताउँदै रिहाइपछि खुसी व्यक्त गरेका छन् ।

यमनी सरकारले भने रिहाइबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। यसअघि मे महिनामा जोर्डनमा संयुक्त राष्ट्रसंघको पहलमा भएको वार्तामा दुवै पक्षबीच करिव १,७५० बन्दी आदानप्रदान गर्ने सहमति भएको थियो । यो यमनमा द्वन्द्व शुरु भएयताकै सबैभन्दा ठूलो बन्दी आदानप्रदान सम्झौता भए पनि हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । बन्दी रिहाइ हुथी समूहले सेप्टेम्बर ३ देखि लाल सागरको तटीय क्षेत्रमा सञ्चालन गरेको व्यापक सैन्य अभियान जारी रहेका बेला भएको हो ।

हुथीले मोचा र मयुन द्वीप कब्जा गर्नुका साथै दक्षिणतर्फ लाहज प्रान्ततर्फ अघि बढेका छन् । यससँगै अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको मुख्यालय रहेको एडेननजिकै पनि युद्धको जोखिम बढेको छ । यमनमा सन् २०१४ को अन्त्यतिर हुथी विद्रोहीले राजधानी साना र उत्तरी यमनको ठूलो भूभाग कब्जा गरेपछि द्वन्द्व चर्किएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारको समर्थनमा साउदी अरब नेतृत्वको गठबन्धनले सन् २०१५ मा सैन्य हस्तक्षेप गरेको थियो । 

0 Comments