३० भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खर्कबाट ऊन, दूध र मासु उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नुपर्नेमा सभापति चौधरीको जोड

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले नेपालका खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्दै ऊन, दूध र मासुजन्य उत्पादन बढाएर आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्नुपर्ने बताएकी छन्।

सभापति चौधरीले खर्क तथा चरन क्षेत्र पशुपालन र हिमाली समुदायको जीविकोपार्जनको आधारसँगै देशको उत्पादन र अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण स्रोत भएकाले यसको व्यवस्थित उपयोग आवश्यक रहेको बताएकी हुन् ।

‘नेपाल र भुटानका खर्क तथा चरन क्षेत्रको पुनर्स्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण’ सम्बन्धी बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै सभापति चौधरीले खर्कको उत्पादनशीलता बढाउन सके ऊन, दूध र मासुजन्य पदार्थको उत्पादनमा वृद्धि गर्न सकिने बताइन् ।

उनका अनुसार खर्क तथा चरन क्षेत्रको योगदान पशुपालनमा मात्र सीमित छैन । यसबाट उत्पादित ऊन, दूध र मासुजन्य पदार्थको उत्पादन तथा प्रयोग बढाउनुका साथै आयात प्रतिस्थापन र निर्यात विस्तारको सम्भावना पनि रहेको छ । तर जलवायु परिवर्तन, भूक्षयीकरण, कमजोर व्यवस्थापन, श्रम अभाव तथा संस्थागत समन्वयको कमीका कारण खर्क क्षेत्रले चुनौती सामना गरिरहेको उनले बताइन् । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले राष्ट्रिय खर्क नीति संशोधनका लागि अध्ययन प्रारम्भ गरेको जानकारी दिँदै चौधरीले नीति निर्माणमा भुटानको अनुभव, नेपालका स्थानीय अभ्यास, वैज्ञानिक प्रमाण तथा सरोकारवालाका सुझावलाई आधार बनाइने बताइन् । उनले खर्क क्षेत्रलाई जैविक विविधता, जलाधार संरक्षण, वातावरणीय सन्तुलन र जलवायु उत्थानशीलतासँग समेत जोडेर हेर्नुपर्ने बताइन् । खर्कको दिगो व्यवस्थापनले हिमाली तथा ग्रामीण समुदायको जीविकोपार्जनसँगै वातावरण संरक्षणमा समेत योगदान पुर्‍याउने उनको भनाइ छ ।

सभापति चौधरीले भनिन्, ‘नेपालको कुल भूभागको महत्वपूर्ण हिस्सा ओगटेका खर्क तथा चरन क्षेत्र पशुपालन र ग्रामीण हिमाली समुदायको जीविकोपार्जनको आधार मात्र होइनन्, जैविक विविधता, जलाधार संरक्षण, वातावरणीय सन्तुलन र जलवायु उत्थानशीलताका दृष्टिले पनि अत्यन्त महत्वपूर्ण छन् । साथै, ऊन, दूध तथा मासुजन्य उत्पादनको वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा पनि खर्क क्षेत्रको महत्वपूर्ण योगदान हुन सक्छ । तर पछिल्लो समय जलवायु परिवर्तन, भूक्षयीकरण, कमजोर व्यवस्थापन, श्रम अभाव र संस्थागत समन्वयको कमीका कारण यस क्षेत्रमा विभिन्न चुनौती देखिएका छन् । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले राष्ट्रिय खर्क नीति संशोधनका लागि अध्ययन प्रारम्भ गरेको वर्तमान अवस्थामा, आजको छलफलबाट प्राप्त भुटानको अनुभव, नेपालका स्थानीय अभ्यास, वैज्ञानिक प्रमाण तथा सरोकारवालाका सुझावहरू नीति निर्माणका लागि महत्वपूर्ण आधार बन्ने विश्वास लिएको छु ।’

नेपाल र भुटानका खर्क तथा चरन क्षेत्रको पुनर्स्थापना कार्यक्रमबाट प्राप्त अनुभव आदानप्रदान गर्दै आयोजित छलफलले नेपालको खर्क नीति संशोधनका लागि आवश्यक सुझाव संकलन गर्ने अपेक्षा गरिएको छ ।

0 Comments