३० भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आयल निगमको तेल चोरी गर्न खोजेको आरोपमा दुई ट्यांकर प्रहरी नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । भारतबाट रुपन्देहीस्थित नेपाल आयल निगमको भलवारी डिपोका लागि ल्याइएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले दुईवटा ट्यांकर नियन्त्रणमा लिएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले मंगलबार भैरहवास्थित सराफ आयल सेन्टरमा छापा मार्दा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा दुई ट्यांकर फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त सूचना अधिकारी आशिष विश्वकर्माका अनुसार भारतबाट पेट्रोलियम पदार्थ बोकेर भलवारी डिपोका लागि आएका ट्यांकरहरू सराफ आयल सेन्टरमा पुगेका थिए। प्रहरीले करिब १० बजे आयल सेन्टरमा छापा मार्दा लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्यांकरबाट पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारेको हो।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका दुवै ट्यांकरको सिल तोडिएको अवस्थामा थियो। ट्यांकरबाट पेट्रोलियम पदार्थ निकालिएको समेत भेटिएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले दुवै ट्यांकरसहित एक जना सहचालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

0 Comments