३० भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यासिनो नवीकरण गर्ने अवधि पाँच वर्ष बनाउन व्यवसायीहरूको सुझाव

अ+ अ-

काठमाडौँ । क्यासिनो व्यवसायीहरूले क्यासिनो नवीकरण गर्ने अवधि पाँच वर्ष बनाउन सुझाव दिएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलका क्रममा क्यासिनो व्यवसायीहरूले क्यासिनोको नवीकरण हरके वर्ष गर्ने व्यवस्था हटाउन माग गरेका हुन् ।

व्यवसायीहरूले एउटा होटेलमा एक भन्दा बढी क्यासिनो सञ्चालन गर्न नपाइने व्यवस्था गर्न पनि सुझाव दिएका छन् ।

क्यासिनो व्यवसायी अमूल्य राणाले एउटै होटेल परिसरमा एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको भए पनि त्यसलाई थप स्पष्ट गर्नुपर्ने बताए । उनले प्रस्तावित विधेयकमा ‘होटेल परिसर’को परिभाषा अझ स्पष्ट गर्न आवश्यक रहेको बताए । एउटै होटेलको फरक-फरक भागमा छुट्टाछुट्टै क्यासिनो वा शाखा सञ्चालन गर्न नपाउने गरी कानूनी व्यवस्था स्पष्ट गर्नुपर्ने उनको माग छ । उनले क्यासिनोको वर्गीकरण नगर्न पनि आग्रह गरे । वर्गीकरण गर्नैपर्ने भए ४ हजार वर्गफिटभन्दा माथि र तलका क्यासिनोलाई हालको व्यवस्थाअनुसार ‘मिनी’ र ‘ठूलो’ क्यासिनो नै यथावत राख्नुपर्ने बताए । उनले क्यासिनोको इजाजत पत्र एक वर्षमा नवीकरण गर्ने अवधि बढाउन पनि माग गरे ।

होटेलहरूजस्तै क्यासिनोको नवीकरण पनि पाँच वर्षमा गर्ने व्यवस्था गर्नुपर्ने उनको माग छ । एक वर्षको लाइसेन्सका कारण बैंकबाट ऋण लिन तथा दीर्घकालीन लगानी गर्न समस्या भएको उनको भनाई छ । उनले विदेशमा स्थायी बसोबास गर्ने नेपाली तथा पीआरधारी नेपालीलाई पनि क्यासिनो प्रवेशको व्यवस्था गर्नुपर्ने बताएका छन्।

उनले भनिन्, ‘अहिले प्रस्तावित बुँदा जस्ताको तस्तै पारित भयो भने, एउटै होटेल परिसरको अर्को भागमा अर्को क्यासिनोको अर्को शाखा स्थापना गर्न मिल्ने अवस्था आउन सक्छ । यो हुन नहुने हाम्रो माग हो । त्यसैले एउटै होटेल परिसरमा एउटै क्यासिनो मात्र सञ्चालन गर्न पाउने र त्यसका सम्पूर्ण संरचना तथा प्रवेश व्यवस्था एउटै परिसरभित्र एकीकृत हुनुपर्ने गरी प्रस्ट व्यवस्था गरिनुपर्छ । अर्को विषय क्यासिनो वर्गीकरणको हो । क्यासिनोको वर्गीकरण नगरी हाल जुन अवस्थामा ‘मिनी’ र ‘ठूलो’ क्यासिनोको व्यवस्था छ, त्यसैलाई निरन्तरता दिनुपर्छ । यस्तै दफा ३६ को उपदफा (१) मा प्रत्येक वर्ष क्यासिनोको इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । यसलाई पाँच वर्षमा एक पटक नवीकरण गर्ने व्यवस्था गर्दा उपयुक्त हुने हाम्रो सुझाव छ । क्यासिनो व्यवसायमा हामीले बैंकबाट ऋण लिएर आवश्यक अपग्रेड तथा पूर्वाधार विकास गर्नुपर्ने हुन्छ । तर एक वर्षको मात्र लाइसेन्सको वैधता हुँदा बैंकबाट दीर्घकालीन ऋण प्राप्त गर्न कठिन हुन्छ । एक वर्षको लाइसेन्सका आधारमा बैंकिङ तथा अन्य वित्तीय सहुलियत प्राप्त गर्न पनि समस्या हुन्छ । त्यसैले होटेलहरूमा जस्तै पाँच–पाँच वर्षमा इजाजत पत्र नवीकरण गर्ने व्यवस्था गरिनुपर्छ भन्ने हाम्रो माग हो ।’

अर्का व्यवसायी अमित गुप्ताले क्यासिनोको रोयल्टी तथा जरिवानासम्बन्धी सरकारी अनुगमन प्रणाली प्रभावकारी बनाउनुपर्ने बताए । वर्षको अन्त्यमा मात्र अनुगमन र नवीकरण गर्नेभन्दा नियमित तीन–चार महिनाको अन्तरालमा अनुगमन गर्ने प्रणाली आवश्यक रहेको उनको भनाई छ । उहाँले पर्यटन नियमावलीमै नियमित अनुगमन तथा प्रभावकारी निगरानी संयन्त्रको व्यवस्था गर्न पनि माग गरे ।

उनले भने, ‘कुनैपनि रोयल्टी वा जरिवाना निर्धारण तथा असुली गर्दा त्यसको प्रभावकारी र नियमित अनुगमन गर्ने स्पष्ट संयन्त्र हुनुपर्छ । हालसम्म यस्तो पूर्ण अनुगमन संयन्त्र प्रभावकारी रूपमा लागू भएको देखिँदैन । अहिलेको व्यवस्था मुख्यतः इजाजत पत्र नवीकरण गर्ने समयमा मात्र केन्द्रित भएको देखिन्छ । क्यासिनो उद्योग विश्वभर नै स्थापित तथा महत्वपूर्ण हस्पिटालिटी व्यवसायका रूपमा लिइन्छ । तर हाम्रो अनुगमन संयन्त्र भने अझै केही कमजोर रहेको महसुस हुन्छ । हाल वर्षको अन्त्यमा मात्र पर्यटन कार्यालयबाट अनुगमन हुने, त्यसपछि नवीकरण गर्ने र प्रक्रिया समाप्त हुने अवस्था छ । यसरी वर्षको अन्त्यमा मात्र अनुगमन गर्दा व्यवसायको नियमित अवस्था, रोयल्टी तथा अन्य दायित्वहरूको निरन्तर मूल्यांकन गर्न कठिन हुन्छ । सरकारले आवश्यकताभन्दा बढी हस्तक्षेप गर्नुपर्ने भन्ने हाम्रो धारणा होइन । तर सरकारले व्यवसायीलाई पनि सहज र सहयोगी वातावरणमा व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था सिर्जना गरिदिनुपर्छ । तीन महिना, चार महिना वा पाँच महिनाको अन्तरालमा नियमित अनुगमन गर्ने प्रभावकारी संयन्त्र निर्माण गर्न आवश्यक छ । विशेष गरी रोयल्टी, जरिवाना तथा अन्य आर्थिक दायित्वका विषयमा स्पष्ट र नियमित अनुगमन हुने व्यवस्था आवश्यक छ । त्यसैले हालको अनुगमन प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउँदै पर्यटन नियमावलीमै नियमित अनुगमन तथा प्रभावकारी निगरानी संयन्त्रको व्यवस्था थप गरिनुपर्छ ।’

व्यवसायी गिर्धार टण्डनले सीमा क्षेत्रमा रहेका क्यासिनोका भारतीय ग्राहकलाई सहज आवागमनको व्यवस्था गर्न माग गरे । उनले नेपाल–भारत सीमा नाका २४ घण्टा खुला राख्न पहल गर्न समितिसँग आग्रह गरे । भारतीय मुद्राका ठूला दरका नोट नेपाल ल्याउँदा व्यावहारिक समस्या रहेको भन्दै उनले यस विषयमा भारत सरकारसँग पहल गर्न पनि आग्रह गरे । उनले क्यासिनोमा विद्युतीय बिलिङसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न पनि माग गरे । क्यासिनोको कारोबारमा परम्परागत वस्तु तथा सेवा विक्रीको बिजक जारी नहुने भएकाले इलेक्ट्रोनिक बिलिङसम्बन्धी प्रावधान क्यासिनो व्यवसायमा लागू नहुने कुरा आर्थिक ऐनमै स्पष्ट गर्नुपर्ने उनको माग छ ।

उनले भने, ‘नेपाल भारत सीमा अन्तर्राष्ट्रिय सीमा नजिक खोलिएका क्यासिनोहरु प्रमुख भारतीय नागरिक ग्राहक हुन् । सीमा नाकाहरु प्राय: १० बजे बन्द हुन्छन्, १० बजे बन्द हुनाले भारतीय पर्यटकको आगमनमा व्यवधान सिर्जना हुन्छ । पर्यटकको निर्बाध आगमन सुनिश्चित गर्न उक्त सीमाहरू २४ सै घण्टा खुला गर्ने व्यवस्था गर्नको लागि नेपाल सरकारसँग पहल गरिदिनुहुनको लागि अनुरोध गर्दछु । साथै अहिले भारतीय नोट नेपालमा ल्याउन केही व्यावहारिक कठिनाइ छ, त्यसमा पनि भारत सरकारसँग पहल गरी ठूला नोट दरका ल्याउन पाउने व्यवस्था गर्न पनि अनुरोध गर्दछु । क्यासिनो इलेक्ट्रोनिक बिलिङ इस्यु गर्नुपर्ने भन्ने अहिले आएको छ । क्यासिनो व्यवसाय बाजी र जुवाको व्यवसाय भएको र यस व्यवसायमा जुवाको जितहार बाहेक अन्य कुनै पनि वस्तु र सेवाको आपूर्ति नहुने तथा जुवा जित र हारको वस्तु र सेवाको आपूर्ति नभई भाग्य वा चान्स गेम अफ चान्स भएकोले यस व्यवसायमा पारम्परिक व्यावसायिक बिजक ट्रेडेसनल कमर्सियल इन्भोइस जारी नै नहुने ब्यहोरा अवगतै रहेको छ । साथै क्यासिनो व्यवसाय मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ५ को ३ अन्तर्गत अनुसूची १ को समूह १३ मा पर्ने भएकोले विद्युतीय बिजक सम्बन्धी कार्यविधि २०७४ को संशोधन लागू नहुने हुनाले क्यासिनो व्यवसायमा इलेक्ट्रोनिक बिलिङको सम्बन्धमा व्यवस्था लागू नहुने कुरा आर्थिक ऐनमा प्रस्टसँग उल्लेख हुनुपर्नेछ ।’

पर्यटन व्यवसायी बलराम सापकोटाले भने नेपालमा अन्तर्राष्ट्रियस्तरको ठूलो क्यासिनो विकास गर्नुपर्ने बताए । क्यासिनोको लाइसेन्स शुल्क पनि कम रहेको बताउँदै उनले कम्तीमा १०० करोड रुपैयाँ हुनुपर्ने उल्लेख गरे । एउटा क्यासिनोले कम्तीमा ३०० देखि ५०० जनालाई रोजगारी दिने व्यवस्था गर्नुपर्ने उहाँको भनाई छ । उनले सानो क्यानिसो खोल्ने भन्दा ठूलो लगानी र रोजगारी सिर्जना गर्ने क्यासिनोलाई प्राथमिकता दिनुपर्ने बताए ।

‘मिनी’ र ‘ठूलो’ क्यासिनोको वर्गीकरण हटाएर सबैलाई एउटै मापदण्ड लागू गर्नुपर्ने उनको भनाई छ । साना क्यासिनोलाई आपसमा मर्जर गरी ठूला क्यासिनोमा परिणत गर्न सकिने व्यवस्था ल्याउनुपर्ने उनको सुझाव छ ।

उनले भने, ‘नेपालमा रहेछ ठूलो र सानो ? कसरी बन्छ यो सानो क्यासिनो, ठूलो क्यासिनो भन्ने ? क्यासिनो एउटै लेभलको हुनुपर्छ । सबैलाई एउटै फिक्स हुनुपर्छ । जुवा खेल्ने कुरामा नि सानो, ठूलो हुन्छ ? अब मिनी क्यासिनोलाई नि मर्जर गरेर ठूलो बनाऊ भन्नुपर्‍यो । मर्जरको नीति ल्याइदिनुपर्‍यो । अब बैंक मर्जर गर्दा हुने, हेलिकप्टर मर्जर गर्नुपर्ने अनि क्यासिनो मर्जर गर्न के फरक पर्‍यो ? मिल्नुपर्यो नि त बिजनेस गर्नलाई त । पैसा छैन भने सबै मिलेर ठूलो बनाउनु पर्‍यो ।’

छलफलमा व्यवसायीहरूले भारतीय ग्राहकलाई क्यासिनो प्रवेश गर्न सहज गराउन परिचय खुल्ने पत्र भए पुग्ने व्यवस्था गर्न पनि माग गरेका छन् । साथै उनीहरूले गैर आवासीय नेपाली, पिआरहोल्डर नेपालीलाई पनि क्यासिनो प्रवेश गर्न दिनुपर्ने सुझाव दिए ।

0 Comments