३० भाद्र २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाको खोज तथा उद्धार अपडेट : हवाई साधनमार्फत ४ हजार १७७ जनाको उद्धार

अ+ अ-

काठमाडौँ । नेपाली सेनाले रसुवा, नुवाकोटसहित बाढी प्रभावित विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ।

भदौ ३० गते १७०० बजेसम्म नेपाली सेनाका हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट ४ हजार १७७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ८९४ जना नेपाली र २८३ जना विदेशी रहेका छन्।

नेपाली सेनाका अनुसार लाङटाङ जलविद्युत आयोजनाको टनेलभित्र विदेशी प्राविधिकसहितको संयुक्त उद्धार टोलीले खोजी कार्य गरेको छ। चिलिमे हाइड्रोमा पनि विदेशीसहितको संयुक्त उद्धार टोलीले खोजी जारी राखेको छ।

टनेलभित्रबाट पानी आइरहेको होलबाट उद्धार टोली प्रवेश गरी करिब १३० मिटरसम्म पुगेर खोजी गरेको छ भने एक्साभेटर र लोडर प्रयोग गरी डेब्रिस हटाउने काम भइरहेको छ।

त्यस्तै, माथिल्लो त्रिशूली-१ को अडिट ३ मा नेपाली सेना तथा आयोजनाका प्रतिनिधिसहितको उद्धार टोली करिब ६०० मिटर भित्रसम्म पुगेर खोजी गरेको छ। त्रिशूली-३ ए को टनेल र पावर हाउस क्षेत्रमा संयुक्त टोलीले खोजी गरिरहेको सेनाले जनाएको छ।

त्रिशूली–३ बी मा नेपाली सेनासहितको संयुक्त टोलीले एक्साभेटर र लोडर प्रयोग गरी खोजी गर्ने क्रममा आयोजनाको आवास क्षेत्रमा दुई वटा आवास भवनको प्लिन्थ क्षेत्रबाहेक अन्य संरचना फेला नपरेको जनाएको छ। त्यहाँ खोजी कार्य जारी छ।

विभिन्न क्षेत्रमा पैदल गस्ती र ड्रोनबाट राहत ढुवानी
नेपाली सेनाले रसुवा र नुवाकोटका त्रिशूली पारी कोलोनी, तुप्चे, दानसिङ, सामरी भन्ज्याङ, कालिकास्थान, मान्चेतलगायत विभिन्न क्षेत्रमा पैदल गस्तीमार्फत खोजी गरिरहेको छ। स्याफ्रुवेशी क्षेत्रमा तीन वटा समूहले खोजी कार्य गरिरहेका छन्।

साँघुरा टनेलको रेकी, प्रभावित क्षेत्रमा खोज तथा मूल्यांकन र दुर्गम तथा सडक सम्पर्कबाट विच्छेद भएका स्थानमा राहत सामग्री ढुवानीका लागि ड्रोनसमेत प्रयोग गरिएको छ।

सेनाका अनुसार हालसम्म नेपाली सेनाको ड्रोनमार्फत नुवाकोटका विभिन्न स्थानमा १६,१३८ के.जी. र रसुवाका विभिन्न स्थानमा ५,८६१ के।जी। राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिएका छन्। उनीहरूले समन्वयात्मक रूपमा घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारको काम गरिरहेका छन्।

आपत्कालीन उपचार केन्द्रबाट ३ हजार ८२७ जनाले सेवा पाए
नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पट्रोलबाट भदौ ३० गते ४३ जनाले स्वास्थ्य सेवा लिएका छन्। हालसम्म उक्त सेवाबाट ३ हजार ८२७ जनाले स्वास्थ्य सेवा प्राप्त गरेको सेनाले जनाएको छ।

यसैबीच, बाढीका कारण भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका-३ स्थित शीतलबजारको सडक खुलाउने कार्य जारी छ। सडकको भित्तातर्फ रहेको कडा चट्टान फुटाउन ब्लास्टिङको काम भइरहेको नेपाली सेनाले जनाएको छ।

नुवाकोटको विदुरस्थित सेफ हाउस-होल्डिङ सेन्टरमा नेपाली सेनाको मेडिकल टोलीले स्वास्थ्य परीक्षण तथा मनोवैज्ञानिक परामर्शसमेत गरेको छ।

0 Comments