३१ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी पहिरोको विषय अन्तर्राष्ट्रिय फोरममा प्रभावकारी रूपमा उठाउनुपर्नेमा सांसद शाक्यको जोड

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले नेपालमा भइरहेको बाढी पहिरो तथा विपद्का विषयलाई अन्तर्राष्ट्रिय फोरममार्फत उठाउनुपर्ने बताएका छन् ।

बुधवार समितिको बैठकमा बोल्दै शाक्यले अहिले नेपालमा बाढी पहिरोलगायतका विपद्का घटना भइरहेका बेला अन्तर्राष्ट्रिय फोरमलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताएकी हुन् ।

उनले दुवै सदनमा विपद्का विषयमा आवाज उठिसकेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय संसदीय फोरममा अन्य देशहरूले जस्तै नेपालले पनि आपत्कालीन विषय छलफलका लागि प्रस्तुत गर्न सक्ने बताइन् ।

शाक्यले नेपालले अन्तर्राष्ट्रिय फोरममा उठाउन सक्ने विषयका सम्भावित शीर्षकहरूबारे समेत बैठकमा जानकारी गराइन् ।

उनका अनुसार विपद् तथा बाढी पहिरोबाट प्रभावित नेपालका लागि अन्तर्राष्ट्रिय सहयोग, विपद् व्यवस्थापन, जलवायु न्याय तथा पुनर्स्थापनासँग सम्बन्धित विषयलाई आपत्कालीन एजेन्डाका रूपमा अघि बढाउन सकिन्छ । नेपालले प्रस्तुत गरेको विषयमा अन्य देशबाट समर्थन जुटाउन सके त्यसबाट आवश्यक पुनर्निर्माण तथा पुनर्स्थापनाका पहलहरू अघि बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।

आफू अन्तर्राष्ट्रिय फोरमको स्टेरिङ कमिटी सदस्यसमेत रहेको उल्लेख गर्दै शाक्यले सम्बन्धित विषयमा मन्त्रालयबाट आवश्यक समर्थन तथा अनुमोदन लिएर प्रस्ताव अघि बढाइसकेको जानकारी दिइन् । अब त्यसलाई महासभाबाट अघि बढाउनुपर्ने उनले बताइन् ।

सांसद शाक्यले भनिन्, ‘हाल नेपालमा बाढी, पहिरो तथा हिमताल विस्फोटजन्य विपद्का घटनाहरू भइरहेका सन्दर्भमा अन्तर्राष्ट्रिय फोरमहरूको प्रभावकारी सदुपयोग गर्न आवश्यक छ। यस विषयमा दुवै सदनमा समेत आवाज उठिसकेको छ । अन्तर्राष्ट्रिय संसदीय मञ्चमा नेपालले जलवायु विपद्का कारण भोगिरहेको क्षति र त्यसबाट उत्पन्न दायित्वका विषयलाई आपत्कालीन एजेन्डाका रूपमा उठाउन सकिने सम्भावनाबारे छलफल गर्न आवश्यक छ । विशेष गरी जलवायु न्याय, क्षतिपूर्ति तथा अन्तर्राष्ट्रिय उत्तरदायित्वका विषयलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सके नेपालले अन्तर्राष्ट्रिय समर्थन जुटाउन सक्छ । यसका लागि अन्तर्राष्ट्रिय फोरममा प्रस्तुत गर्ने विषय र प्रस्तावको शीर्षकलाई स्पष्ट र उपयुक्त ढंगले अन्तिम रूप दिन आवश्यक छ । यस विषयमा आवश्यक अध्ययन, समन्वय र प्रस्ताव तयारीका लागि सम्बन्धित विषयगत उपसमिति गठन गर्नु उपयोगी हुनेछ । उपसमितिले नेपालका जलवायुजन्य विपद्, अन्तर्राष्ट्रिय दायित्व र जलवायु न्यायका विषयमा आवश्यक तयारी गरी महासभालगायत अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्नेछ ।’

अन्तर्राष्ट्रिय फोरममा नेपालको विपद् र जलवायुजन्य समस्यालाई प्रभावकारी रूपमा उठाउन समितिअन्तर्गत उपसमिति आवश्यक रहेको समेत शाक्यले बताइन । उनले उपसमितिमार्फत विषयलाई व्यवस्थित रूपमा अध्ययन गरी अन्तर्राष्ट्रिय तहमा नेपालको आवाज प्रस्तुत गर्न सकिने बताइन् ।

0 Comments