३ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन् बलियो बनेर आउँछ’ : अध्यक्ष ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रिय कमिटीको बैठकपछि नकपा एमाले झनै सुदृढ एकताका साथ अघि बढ्ने दाबी गरेका छन् । 

शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित संविधान दिवसको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले असोजको ५ देखि ७ गतेसम्म एमालेको केन्द्रिय कमिटी बैठक रहेको र केन्द्रिय कमिटीको बैठकले सबै प्रकारका समस्याहरू समाधान गर्ने विश्वास व्यक्त गरे । उनले केन्द्रिय कमिटी बैठकले पार्टीलाई सुदृढ एकताको सूत्रमा बाँध्ने दाबी गर्दै अझ सक्रिय र उच्च मनोबलका साथ पार्टी अघि बढ्ने जिकिर गरे। उनले केन्द्रिय कमिटी बैठकबाट एमालेले प्रतिक्रियावादीहरूसँग लड्ने सामर्थ्य मात्रै हासिल नगर्ने भन्दै लडेर जित्ने सामर्थ्य पनि हासिल गर्ने बताए। उनले फेरि नेकपा एमाले नेपालको निर्णायक राष्ट्रिय शक्तिको रूपमा फेरि स्थापित हुने दाबी गरे। नेकपा एमाले यही तालले सिध्याउँछु भन्ने नठान्न चेतावनी दिँदै ओलीले कुनै तालले पनि एमाले नसकिने बताए। एमाले नेपाली जनताको साँचो प्रतिनिधि पार्टी भएको र साँचो प्रतिनिधि शक्ति भएको एमाले नसकिने बताए । एमाले भित्रका कमी कमजोरीहरू सुधार गर्दै आफूहरू अघि बढ्ने बताए । 

अध्यक्ष ओलीले भने, ‘म कमरेडहरूलाई भन्न चाहन्छु । नेकपा एमाले पर्सीबाट केन्द्रिय कमिटीको बैठक शुरु हुँदैछ, ५, ६, ७, अत्यन्तै सुदृढ एकताका साथ अगाडि बढ्नेछ । केन्द्रिय कमिटीले सबै प्रकारका समस्याहरू कुनै देखिएका छन् भने तिनको पनि उपयुक्त समाधान दिनेछ, पार्टीलाई सुदृढ एकताको सूत्रमा बाँध्नेछ र अझ सक्रिय अझ उच्च मनोबलका साथ पार्टी अगाडि जानेछ र प्रतिक्रियावादीहरूसँग लड्ने सामर्थ्य मात्रै हासिल गर्ने छैन, लडेर जित्ने सामर्थ्य पनि हासिल गर्नेछ । फेरि नेकपा एमाले नेपालको निर्णायक राष्ट्रिय शक्तिको रूपमा फेरि स्थापित हुनेछ । नेकपा एमाले यही तालले सिध्याउँछु भन्या होला, कुनै तालले नेकपा एमाले सिधिने वाला छैन । यो नेपाली जनताको साँचो प्रतिनिधि पार्टी हो, साँचो प्रतिनिधि शक्ति हो । अन्धविश्वासमा हिँडेको छैन । वैचारिक ढङ्गले, व्यावहारिक ढङ्गले, राजनीतिक नीतिका साथ, आर्थिक नीतिका साथ, वैदेशिक नीतिका साथ, सामाजिक सांस्कृतिक नीतिका साथ, वातावरणीय प्रश्न लगायत मानव अधिकारका प्रश्नहरूमा अत्यन्त सचेतनताका साथ नेकपा एमाले अगाडि बढ्छ । एमालेभित्र पनि कमी–कमजोरी हुन सक्छन् । कमी–कमजोरी हुँदै हुँदैन भन्न सकिँदैन, हुन सक्ला । तर नेकपा एमालेभित्र रियलाइजेसन र रेजिलेन्स एउटा गल्ती–कमी छन् भने तिनलाई महशुस गर्ने सामर्थ्य छ र फेरि पुरानै ठाउँमा फर्किने र त्योभन्दा अगाडि बढ्ने सामर्थ्य नेकपा एमालेसँग छ । दुनियाँका कुनैपनि शक्तिभन्दा यो सानो देशको सानै शक्ति होला । तर यसको रियलाइजेसन शक्ति जसले यसलाई बिग्रिन दिँदैन । रियलाइजेसन पावर हो यस्तो जसले बिग्रिनबाट जोगाउँछ । रेजिलेन्स क्यापसिटी यस्तो कुरा हो जसले फेरि फेरि पहिलेकै ठाउँमा लडेको छ भने उठेर, पछारिएको छ भने उठेर, घाइते छ भने फेरि मलमपट्टि गरेर, चुस्त दुरुस्त भएर, फेरि अगाडि बढ्ने र जस्ताको तस्तै हुने, र अगाडि बढ्ने, त्यो रेजिलेन्स, त्यो डेभलपमेन्ट, र त्यो इनोभेटिभ क्यापसिटी नेकपा एमालेसँग छ । नेकपा एमालेले राष्ट्रिय नीतिहरूको तय गरेको छ । फेरि पनि नेपालका लागि राष्ट्रिय नीति अरूले दिने होइन नेकपा एमालेले दिन्छ । सही नीति दिनुपर्छ, राष्ट्रिय नीति त्यो एमालेले दिन्छ ।’

अध्यक्ष ओलीले नेकपा एमालेले नै देशको राष्ट्रिय नीति दिने जिकिर गरे।

0 Comments