काठमाडौँ । नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–५ गेर्मीमा कुटपिटबाट घाइते भएका ३० वर्षीय संजय गुप्ताको उपचारका क्रममा मृत्यु भएको छ ।
भदौ २९ गते साँझ करिब १८: ४० बजे मदिरा सेवन गरी सोही स्थानका ३० वर्षीय सुनिल प्रसाद गुप्ताको घरमा पुगेका संजयको सुनिलसँग सामान्य विवादपछि कुटपिट भएको थियो । कुटपिटबाट संजयको दाहिने कानमा भित्री चोट लागी कानबाट रगत बगेपछि उपचारका लागि जिल्ला अस्पताल परासी पठाइएकोमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा, रुपन्देहीस्थित मेडिकल कलेजमा रिफर गरिएको थियो ।
उपचारकै क्रममा आज बिहान ५:३० बजे संजयको मृत्यु भएको हो । कुटपिटमा संलग्न सुनिल प्रसाद गुप्तालाई नियन्त्रणमा लिएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ ।






