काठमाडौँ । जिल्ला उदयपुर, कटारी नगरपालिका-६ स्थित भुसुने जंगलमा बेवारिसे अवस्थामा लुकाइराखिएको १८२ किलो गाँजा बरामद भएको छ ।
शिखर सामुदायिक वन र गडमे खोलाबीचको ऐलानी जग्गाको झाडीमा ९ बोरा गाँजा लुकाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा उक्त गाँजा बरामद गरिएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।






