७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रतिपक्षको भूमिकामा काँग्रेस थप परिपक्व र जिम्मेवार बन्नुपर्छ’ : महामन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा सत्तारुढ दलभन्दा प्रमुख प्रतिपक्षका रूपमा नेपाली काँग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्ने बताएका छन् ।

बुधवार काठमाडौँ महानगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले आगामी १५ औँ महाधिवेशनबाट आउने नयाँ नेतृत्वले चुनौतीपूर्ण समयमा सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् ।

महामन्त्री पौडेलले काँग्रेस कार्यकर्ताहरूलाई सम्बोधन गर्दै पार्टीभित्रको निराशालाई चिर्नुपर्ने बताए । महामन्त्री पौडेलले पार्टी पंक्तिलाई निराश नहुन आग्रह गर्दै उत्साहित भएर आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गरे । उनले काठमाडौँ महानगरलाई सन्देश दिने केन्द्रका रूपमा व्याख्या गर्दै यहाँबाट गरिने निर्णय र सक्रियताले देशभर सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरे ।

उनले भने, ‘सत्तारुढभन्दा प्रमुख प्रतिपक्ष पार्टी नेपाली काँग्रेस बढी जिम्मेवार र परिपक्व हुनुपर्ने स्थिति छ । तसर्थ, हामीले जिम्मेवार ढंगबाट भूमिका खेल्ने वातावरण बनाउनुपर्छ र १५ औँ महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले यस चुनौतीपूर्ण भूमिकालाई सशक्त ढंगले निर्वाह गर्ने विश्वास छ ।’

महामन्त्री पौडेलले पार्टीको १५ औँ महाधिवेशनमा नि:वर्तमान सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिका रूपमा सहभागी गराउने इच्छा पार्टीको रहेको पनि व्यक्त गरे ।

पार्टीका सबै नेतालाई समेट्दै अघि बढ्ने काँग्रेसको योजना रहेको बताए । महामन्त्री पौडेलले पार्टीभित्र देखिएका असन्तुष्टि र दूरीलाई कम गर्दै सबैलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए। उनका अनुसार, पार्टीभित्रको एकतासँगै काँग्रेसको नेतृत्वमा देशको विकास र परिवर्तन सम्भव छ भन्ने विश्वास जनतामा जगाउनु अहिलेको आवश्यकता हो । कसैलाई अपमान गर्ने वा ठेस पुर्‍याउने आफ्नो कुनै मनसाय नभएको स्पष्ट पार्दै पौडेलले सबैको आदर र सम्मानका साथ पार्टी निर्माणमा लाग्नुपर्ने बताए ।

उनले भने, ‘केही नेताहरू अझै बाहिर हुनुहुन्छ, हामी उहाँहरूलाई पनि आग्रह गरिरहेका छौँ कि पार्टीको मूलधारमा आइदिनुहोस् । नेपालको परिवर्तन प्रक्रियाको नेतृत्व नेपाली काँग्रेसले नै गर्न सक्छ, त्यो क्षमता र ल्याकत काँग्रेससँग छ । यसलाई आम नेपाली समाजमा थप विश्वसनीय बनाउनु नै हाम्रो प्रमुख ध्येय हो ।’

महामन्त्री पौडेलले पार्टीभित्रका नेताहरू मात्र नभएर काँग्रेस बाहिर रहेका शुभेच्छुक तथा अन्य व्यक्तिहरूलाई पनि पार्टीमा आकर्षित गर्ने वातावरण निर्माण गरिरहेको जानकारी दिए ।

0 Comments