९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एशियाली खेलकुद कबड्डी: नेपालले सुनिश्चित गर्‍यो कांस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल

अ अ+ अ-

काठमाडौँ । जापानमा जारी एशियन गेम्स अन्तर्गत महिला कबड्डीमा नेपालले कम्तीमा कांस्य पदक पक्का गरेको छ । श्रीलंकालाई ९ अंकको अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेसँगै नेपाली टोलीले पदकको खडेरी तोडेको हो । 

टोलीले यसअघिको अन्तर्राष्ट्रिय प्रदर्शनलाई कायम राख्दै आफ्नो पदक यात्रालाई सुरक्षित गरेको छ । श्रीलंकाविरुद्धको खेल नेपाली खेलाडीका लागि चुनौतीपूर्ण थियो । दुई महिनाअघि बीच गेममा व्यहोरेको पराजयका कारण टोली केही दबाबमा देखिए पनि कप्तान मानमती विष्टको नेतृत्वमा रहेको टोलीले उत्कृष्ट डिफेन्स र रेडिङमार्फत जित सम्भव बनाएको हो ।

 टोलीका लागि यो विजय विगतमा भारतमा गरिएको विशेष प्रशिक्षण र निरन्तरको अन्तर्राष्ट्रिय सहभागिताको परिणाम भएको कप्तान विष्टले बताइन् ।

‘हामीले पदक गुमाउनुहुँदैन भन्ने ठुलो चुनौती महसुस गरेका थियौँ । सुरुमा केही नर्भस देखिए पनि खेल अवधिभर टोलीको समन्वय र साहसले नतिजा नेपालको पक्षमा ल्याउन सक्यौँ ।’ कप्तान विष्टले भनिन्। 

विगतका खेलहरूमा १३ अंकले पछि परेको अवस्थालाई उल्टाउँदै विजय प्राप्त गरेको अनुभवले खेलाडीको मनोबल उच्च बनाएको छ । नेपाली टोलीले अब आफ्नो ध्यान आगामी खेलहरूमा केन्द्रित गरेको छ । स्वर्ण वा रजत पदकको लक्ष्यसहित अघि बढेको नेपाली टोलीले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ । कप्तान विष्टले राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी र कबड्डी संघको सहयोगले नै आफूहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रिन मद्दत पुगेको बताइन् । 

 उनले अन्य विधाका नेपाली खेलाडीहरूलाई पनि अन्तिम समयसम्म नहारिकन प्रतिस्पर्धा गर्न हौसला प्रदान गरिन् । 

0 Comments