१० आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्त पूरा भए सात दिनभित्र होर्मुज जलडमरूमध्य खोल्न सकिने इरानको प्रस्ताव

अ अ+ अ-

संयुक्त राष्ट्रसंघ । इरानले आवश्यक सर्तहरू पूरा भए सात दिनभित्र होर्मुज जलडमरूमध्य पुनः खोल्न सकिने योजना अमेरिकासमक्ष प्रस्तुत गरेको जनाएको छ।

इरानका विदेशमन्त्री सैयद अब्बास अराघ्चीले शुक्रबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कतारमार्फत अमेरिकालाई सात दिनभित्र जलडमरूमध्य खोल्ने ठोस योजना प्रस्तुत गरिएको जानकारी दिए।

उनका अनुसार अमेरिकाले उक्त प्रस्ताव स्वीकार गरेसँगै सात दिनको समयसीमा सुरु हुनेछ। योजनाअनुसार अमेरिकाले केही आवश्यक कदम चाल्नुपर्नेछ, जसका लागि चारदेखि पाँच दिन लाग्न सक्नेछ। छैटौँ दिनमा जलडमरूमध्य खोलिने र सातौँ दिनमा अमेरिका–इरानबीच अन्तिम सम्झौताका लागि वार्ता सुरु हुने उनले बताए । 

विदेशमन्त्री अराघ्चीका अनुसार अमेरिकाले चाल्नुपर्ने आवश्यक कदमहरू नयाँ नभई गत जुनमा दुवै देशका राष्ट्रप्रमुखले हस्ताक्षर गरेको समझदारी पत्रमै समावेश गरिएका विषय हुन्।

उनले अमेरिका सम्झौता गर्न र होर्मुज जलडमरूमध्य पुनः खोल्न गम्भीर भए आवश्यक सबै तयारी पूरा भइसकेको बताए । 

इरानले कुनै पनि प्रकारको दबाब, धम्की वा डर देखाउने प्रयास स्वीकार नगर्ने र दबाबका कारण आफ्नो सार्वभौम अधिकारमा सम्झौता नगर्ने उनले स्पष्ट पारे । 

गत जुन १८ मा अमेरिका र इरानले लेबनानसहित क्षेत्रका सबै मोर्चामा जारी युद्ध अन्त्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। त्यसअनुसार अन्तिम सम्झौताका लागि ६० दिनभित्र वार्ता गर्ने तय गरिएको थियो। तर पछिल्लो समय दुवै देशबीच तनाव बढेपछि वार्ताको अवस्था अझै स्पष्ट हुन सकेको छैन।

0 Comments