११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले क्षति पुर्‍याएका सडक र पुलको पुनर्निर्माण यसै महिनाभित्र सुरु गर्ने मन्त्री लम्सालको प्रतिबद्धता

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको छलफलमा मन्त्री लम्सालले सडक, पुल र खानेपानी आयोजनाको क्षति मुल्यांकन गरी बजेट व्यवस्थापन र ठेक्का प्रक्रियापछि यसै महिनाभित्र पुनर्निर्माण सुरु गर्ने बताएका छन्।

अ अ+ अ-

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनील लम्सालले बाढी र पहिरोले क्षति पुर्‍याएका सडक, पुल तथा खानेपानी आयोजनाको पुनर्निर्माण यसै महिनाभित्र सुरु गर्ने बताएका छन्। आइतबार प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा उनले क्षतिको मूल्यांकनपछि बजेट व्यवस्थापन गरी ठेक्का प्रक्रियामार्फत काम अघि बढाउने प्रतिबद्धता जनाएका हुन्।

मन्त्रालयका अनुसार प्रधानमन्त्रीका सल्लाहकार सुदीप ढकालसमेत सहभागी छलफलमा विस्थापित परिवारका लागि अस्थायी आवासको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका विषयमा कुराकानी भएको थियो। मन्त्रालयले पुनर्निर्माण सुरु गर्ने प्रतिबद्धता जनाए पनि क्षतिको पूर्ण विवरण र आवश्यक बजेटको टुंगो लागिसकेको जनाएको छैन।

सडक र पुलमा क्षति
लगातारको वर्षापछि कालीगण्डकी करिडोरका विभिन्न खण्डमा क्षति पुगेको मन्त्रालयले जनाएको छ। म्याग्दीको पोखरेबगर, बागलुङको मालढुंगा तथा तनहुँ-नवलपरासीको देदगाउँ क्षेत्रमा पुलका एप्रोच सडक बगेका छन्। कालीगण्डकीको पक्की पुलसमेत बगेको मन्त्रालयको प्रेस नोटमा उल्लेख छ।

डुम्रे-बेँसीसहर-चामे सडकअन्तर्गत लमजुङको रामबजार-स्यांगेमा मर्स्याङ्दी नदीको कटानले करिब ४० मिटर सडक पूर्ण रूपमा भासिएको छ। मनाङको नासो-बगरछापमा करिब ५० मिटर सडक भासिएको छ भने नासो-खोत्रोमा पहिरोले सडक अवरुद्ध गरेको छ। चामेमा बाढीले तीनवटा अस्थायी काठे पुल बगाएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकमार्गसहित विभिन्न जिल्लाका दर्जनभन्दा बढी सडकमा पनि बाढी पहिरोले क्षति पुर्‍याएको छ।

झोलुंगे पुल र खानेपानी आयोजना पनि प्रभावित
रुकुम पूर्वको नाथीगाड तथा बागलुङ-पर्वतको जलजला-फोर्से जोड्ने झोलुंगे पुलमा पूर्ण क्षति पुगेको मन्त्रालयको प्रारम्भिक विवरण छ। तनहुँ-नवलपुर, स्याङ्जा-पाल्पा, पाल्पा-तनहुँ, पर्वत-स्याङ्जा र म्याग्दी-पर्वत जोड्ने विभिन्न झोलुंगे पुलमा आंशिक क्षति पुगेको छ।

बाढी र पहिरोबाट ३१ वटा खानेपानी आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ। क्षतिको मूल्यांकन पूरा भएपछि पुनर्निर्माणको लागत र कामको प्राथमिकता निर्धारण हुने मन्त्रालयको भनाइ छ।

0 Comments