१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

अ अ+ अ-

तनहुँ । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वन्यजन्तुलाई पानी पिउन सहयोग होस् भन्ने उद्देश्यसहित डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका आठ सामुदायिक वनमा पोखरी निर्माण गरेको हो ।

पानी खोज्दै आउने वन्यजन्तुले मानिसलाई आक्रमण गर्न थालेपछि वन कार्यालयले पोखरी संरक्षण अभियानलाई अगाडि बढाएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।

रानाभाटका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा चितुवाको आतंक बढ्नुको पछाडि जङ्गलभित्र पानीको स्रोतको अभाव हो । वन्यजन्तु पानी खोज्दै बस्ती पस्ने र त्यस क्रममा मानिस तथा पशुधनमाथि आक्रमणका घटना हुने गरेका छन् ।

रानाभाटका अनुसार ऋषिङ गाउँपालिका–६ स्थित ज्वालादेवी सामुदायिक वन, व्यास नगरपालिका–६ स्थित सपनकोट सामुदायिक वन, शुक्लागण्डकी नगरपालिका–१० स्थित मलागिरि सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।

यस्तै, भानु नगरपालिका–१० स्थित कवाचित सामुदायिक वन, बन्दीपुर गाउँपालिका–२ स्थित पार्चे सामुदायिक वन, व्यास नगरपालिका–११ स्थित सिद्धबराह सामुदायिक वन, भिमाद नगरपालिका–२ स्थित शेरा सामुदायिक वन र म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा पोखरी निर्माण गरिएको छ ।

रानाभाटले भने, “तनहुँमा केही वर्षयता चितुवाको आतंक छ, जंगलमा पानीको स्रोत मासिँदै गयो, चितुवा पानी खोज्दै बस्ती पस्न थाले । त्यसैलाई मध्यनजर गर्दै सामुदायिक वनमा पोखरी निर्माण गर्ने अभियानलाई निरन्तरता दिएको छ ।”

पोखरी निर्माणका लागि कार्यालयले सम्बन्धित वन उपभोक्ता समितिलाई रु एक लाख सहयोग गर्ने गरेको छ । वन कार्यालयले थालेको यो अभियानलाई कतिपय स्थानीय तहले पनि अग्रसरता लिएर आफैँले पोखरी निर्माण गर्न थालेका छन् ।

वन क्षेत्रमा पर्याप्त पानीको स्रोत उपलब्ध गराउन सके वन्यजन्तुलाई पानीका लागि बस्ती पस्नुपर्ने बाध्यता नहुने वन कार्यालयको विश्वास छ । चितुवा, हरिण, बाँदर, बँदेललगायत वन्यजन्तुले जंगलभित्रै पानी पाउने अवस्था सिर्जना भएमा मानव बस्ती र वन्यजन्तुको प्रत्यक्ष सम्पर्क घटाउन सकिने कार्यालयले जनाएको छ । 

0 Comments