१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती

अ अ+ अ-

बाँके । बाँकेको राप्ती नदीमा गरिएको पक्की तटबन्धले तटीय क्षेत्रको बस्ती सुरक्षित हुँदै गएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले नदी नियन्त्रणका लागि थालेको पक्की तटबन्ध निर्माणसँगै वर्षौँदेखि तटीय बस्तीमा छाएको डुबान र कटानको त्रास र अनिश्चितता बिस्तारै आशा र भरोसामा परिणत हुन थालेको छ ।

राप्ती नदीको तीव्र कटान र डुबानको प्रत्यक्ष जोखिममा रहेका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका क्षेत्रमा तीन किलोमिटरभन्दा बढी पक्की तटबन्ध निर्माण सम्पन्न भएसँगै सयौँ बिघा खेतीयोग्य जमिन जोगिनुका साथै हजारौँ स्थानीयको बसोबास सुरक्षित बनेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय लमही, दाङका आयोजना प्रमुख निश्चल छत्कुलीले बताए । 

उनका अनुसार गत आर्थिक वर्षमा मात्रै बाँकेका विभिन्न जोखिमयुक्त स्थानमा तीन हजार १५० मिटर पक्की र ४०० मिटर अस्थायी तटबन्ध निर्माण गरिएको छ । राप्ती नदीको तीव्र बहावले हरेक वर्ष उर्वर भूमिलाई मरुभूमिमा परिणत गर्ने र बस्ती नै विस्थापित गर्ने शृङ्खला रोक्न उच्च प्राथमिकताका साथ आयोजनाले संरचना निर्माण अघि बढाएको छ ।

गत आवमा आयोजनाले बाँकेको राप्ती सोनारीको वडा नं २ कचनापुरमा एक हजार २०० मिटर र वडा नं ५ बिनौनामा एक हजार ३०० मिटर पक्की तटबन्ध निर्माण भएको छ । त्यसैगरी राप्ती सोनारी वडा नंं ७ को खल्ला झगडियामा ५०० मिटर र वडा नंं ६ ढलैयामा १५० मिटर पक्की तटबन्ध निर्माण भएको छ । तटबन्ध निर्माण भएपछि यो वर्ष राप्तीसोनारी वडा नं २ को कचनापुर, महादेवा र मदुई वडा नं ६ को फत्तेपुर, वडा नं ७ को खल्लाझगडिया र नरैनापुरको वडा नं ५ र ६ अन्तर्गतका गाउँ बाढीको प्रकोपबाट जोगिएका छन् ।

आयोजनाअन्तर्गत गत आवमै राप्ती सोनारीको जरैयामा बेम्बो माइलिङ र चचरी प्रविधिबाट करिब ४०० मिटर अस्थायी नदी नियन्त्रणको कार्यसमेत भएको आयोजना प्रमुख छत्कुलीले बताए । “यो वर्ष पनि हामीले काम सुरु गरिसकेका छौँ, तटबन्धको लागि ढुंगा जम्मा गर्ने काम भएको छ”, आयोजना प्रमुख छत्कुलीले भने, “गत वर्ष निर्माण सम्पन्न भएको पक्की तटबन्धले यो वर्ष गाउँ बस्ती सुरक्षित भएका छन् ।”

तटबन्ध निर्माण हुनुभन्दा अघिसम्म राप्तीसोनारीको खल्ला झगडिया, देउपुर्वा तथा नरैनापुर गाउँपालिकाका गंगापुर, सोनवर्षा, कुदर–वेटवा र कुडुवालगायतका बस्ती राप्ती नदीको उच्च जोखिममा थिए । थोरै वर्षा हुने बित्तिकै नदी बस्तीतर्फ पस्ने डरले स्थानीयवासी रातभर नसुती जाग्राम बस्न बाध्य हुन्थे । तर, यस वर्ष निर्माण सम्पन्न भएका पक्की तटबन्धले नदीको बहावलाई सुरक्षित किनारतर्फ मोडिदिएपछि अवस्था बदलिएको छ । भर्खरै मात्र परेको भारी वर्षा र राप्तीमा आएको बाढीका बाबजुद कचनापुर, महादेवा, मदुई, फत्तेपुर, खल्ला झगडिया र नरैनापुर वडा नं ५ र ६ का गाउँ सुरक्षित भएको राप्तीसोनारी वडा नं ७ का वडाध्यक्ष रामलखन थारूले बताए ।

“खल्ला झगडियामा निर्माण भएको ५०० मिटरको स्थायी तटबन्धले केही दिनअघिको ठूलो वर्षा र बाढीमा पनि किनारका धेरै गाउँलाई जोगाएको छ”, वडाध्यक्ष थारूले भने, “पहिले पहिले पानी पर्ने बित्तिकै भागाभाग हुन्थ्यो, अब भने नदी किनारका बासिन्दामा रातभर जाग्राम बस्नुपर्ने बाध्यता हट्दै जाने ठूलो आशा पलाएको छ ।”

विगतका वर्षहरूमा सिर्जित संरचनाले सकारात्मक नतिजा दिएपछि आयोजनाले चालु आवमा पनि तटबन्ध निर्माणलाई निरन्तरता दिएको छ । आयोजना प्रमुख छत्कुलीका अनुसार हाल नयाँ चरणका तटबन्ध निर्माणका लागि निर्माण स्थलमा ढुङ्गा संकलन र अन्य प्राविधिक तयारी तीव्रताका साथ भइरहेको छ । 

0 Comments