१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूँजीबजार सुधारका लागि तीन चरणको रणनीति, ब्रोकरदेखि नेप्सेको प्रविधिसम्म सुधार गरिने

अ अ+ अ-

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले नेपालको पूँजीबजारलाई थप व्यवस्थित, पारदर्शी र संस्थागत बनाउने उद्देश्यले प्राथमिक तथा दोस्रो बजारलाई समेटेर तीन चरणमा सुधार प्रक्रिया अघि बढाएको छ।

बजारको नीतिगत सुधार, पूर्वाधार विकास तथा संस्थागत क्षमता अभिवृद्धिलाई केन्द्रमा राखेर सुधारका कार्यक्रम अघि बढाइएको बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले अर्थ समितिको बैठकमा जानकारी दिएका छन्।

बोर्डले प्राथमिक र दोस्रो बजारका लागि छुट्टाछुट्टै सुधार समिति बनाएर काम गरिरहेको छ। समितिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड, नेपाल उद्योग वाणिज्य महासंघ तथा मर्चेन्ट बैंकर्स एसोसिएसनका प्रतिनिधि सहभागी छन्।

सुधार प्रक्रियालाई सहभागीमूलक र पारदर्शी बनाउन बोर्डले चरणबद्ध कार्यविधि अपनाएको जनाएको छ। पहिलो चरणमा अवधारणा पत्र तयार गर्ने, त्यसपछि सम्बन्धित समितिमा छलफल गर्ने, सार्वजनिक परामर्शबाट सुझाव संकलन गर्ने र प्राप्त सुझावका आधारमा नीतिगत व्यवस्था कार्यान्वयनमा लैजाने योजना बोर्डको छ।

प्राथमिक बजारमा आईपीओदेखि म्युचुअल फन्डसम्म सुधार
अध्यक्ष भट्टका अनुसार प्राथमिक बजारअन्तर्गत आइपिओ निष्कासन, मूल्य निर्धारण तथा ‘प्राइस डिस्कभरी’, योग्य संस्थागत लगानीकर्ता, सेयर बाँडफाँट र म्युचुअल फन्डलगायतका विषयमा सुधारका नीतिहरू तयार भइसकेका छन्।

बजारको तयारी र सम्बन्धित सहभागीको क्षमतालाई आधार बनाएर ती नीतिहरू क्रमशः कार्यान्वयनमा लैजाने बोर्डको तयारी छ।

प्राथमिक तथा दोस्रो बजार सुधारका क्रममा सम्बन्धित बजार सहभागी र सरोकारवालाको सुझावलाई समेत समेट्ने व्यवस्था गरिएको अध्यक्ष भट्टले बताएका छन्।

ब्रोकर व्यवसायलाई संस्थागत बनाइने
दोस्रो बजारको सुधारअन्तर्गत धितोपत्र दलाल व्यवसायको संरचनागत सुधारलाई बोर्डले प्राथमिकतामा राखेको छ।

बोर्डले ब्रोकर व्यवसायलाई पारिवारिक प्रकृतिको सीमित संरचनाबाट व्यवस्थित र व्यावसायिक उद्योगका रूपमा विकास गर्ने नीति अघि सारेको छ। त्यसका लागि ब्रोकर कम्पनीको क्षमता र सेवा प्रवाहलाई आधार बनाएर चार श्रेणीमा वर्गीकरण गर्ने योजना बनाइएको छ।

ब्रोकर व्यवसायलाई थप विस्तार गर्दै स्टक डिलरसिपसमेत समेटिएको संरचनामा लैजाने तयारी भइरहेको बोर्डले जनाएको छ।

अध्यक्ष भट्टका अनुसार दोस्रो बजारलाई प्रभावकारी बनाउन ब्रोकर संस्थाको संस्थागत क्षमता बढाउने र व्यवसायलाई व्यवस्थित बनाउनेतर्फ सुधार केन्द्रित हुनेछ।

नेप्सेको प्रविधि र साइबर सुरक्षामा सुधार
पूँजीबजारको दोस्रो बजार पूर्वाधारका रूपमा रहेको नेपाल स्टक एक्सचेन्जको प्राविधिक तथा संस्थागत सुधारलाई पनि बोर्डले प्राथमिकतामा राखेको छ।

विशेष गरी ट्रेडिङ प्रणाली, अर्डर व्यवस्थापन प्रणाली, साइबर सुरक्षा तथा सूचना प्रविधिसम्बन्धी पूर्वाधारमा देखिएका कमजोरी सम्बोधन गर्न नियामकीय व्यवस्था अघि बढाइएको अध्यक्ष भट्टले जानकारी दिएका छन्।

बोर्डका अनुसार नेप्सेसँग सम्बन्धित करिब ३१ देखि ३२ वटा नियामकीय व्यवस्था तयार पारिएको छ। ती व्यवस्था चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाइएको छ।

सरकारी स्वामित्वमा रहेका सम्बन्धित संस्थाबीचको समन्वय तथा क्षेत्राधिकारसँग जोडिएका समस्या समाधान गर्दै नेप्सेको संस्थागत र प्राविधिक क्षमता अभिवृद्धि गर्ने बोर्डको योजना छ।

बढ्दै लगानीकर्ताको पहुँच
पूँजीबजारमा लगानीकर्ताको सहभागिता पनि पछिल्ला वर्षमा उल्लेख्य रूपमा विस्तार भएको बोर्डले जनाएको छ।

अर्थ समितिमा प्रस्तुत तथ्यांकअनुसार देशभर डिम्याट खाता खोल्नेको संख्या ८० लाख ९५ हजार पुगेको छ। ‘मेरो सेयर’का सक्रिय प्रयोगकर्ता ५१ लाख २२ हजारभन्दा बढी छन्।

त्यस्तै, गत आर्थिक वर्षको असार मसान्तसम्म कारोबार खाता खोल्ने लगानीकर्ताको संख्या ३५ लाख ६२ हजार नाघेको छ।

लगानीकर्ताको संख्या र बजारमा कारोबारको दायरा विस्तार भइरहेका बेला बजारका संस्थागत तथा प्राविधिक पूर्वाधारलाई पनि सोहीअनुसार सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बोर्डको भनाइ छ।

बोर्डले सुधारका क्रममा बजारका नियामक तथा पूर्वाधार संस्था मात्र नभई सम्बन्धित बजार सहभागीलाई समेत प्रक्रियामा सहभागी गराउने जनाएको छ। बजारको तयारी, संस्थागत क्षमता र सरोकारवालाबाट प्राप्त सुझावका आधारमा सुधारका कार्यक्रम क्रमशः कार्यान्वयनमा लैजाने बोर्डको योजना छ।

0 Comments