१७ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

अ अ+ अ-

काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ, रङ रोगन तथा सौन्दर्यीकरणको काम तीव्र पारिएको छ । दसैँका अवसरमा भक्तजनको भीड लाग्ने मैतीदेवी मन्दिर परिसरलाई आकर्षक बनाउन अहिले रङरोगनको काम भइरहेको हो ।

रङ रोगन सकिएपछि झिलिमिली बत्ती जडान गरी मन्दिर क्षेत्रलाई थप आकर्षक बनाउने तयारी रहेको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव रमेश खड्गीले जानकारी दिए । उनका अनुसार मन्दिरको छत तथा भित्री भागको सरसफाइसमेत गरिएको छ ।

लामो समयदेखि धुवाँका कारण मन्दिरभित्रका संरचना कालो भएकाले विशेष सरसफाइ गरिएको उनले बताए। “सर्वप्रथम मैतीदेवी मन्दिरको सरसफाइ र रङरोगनको काम गरिरहेका छौँ । यो सकिएपछि एक–दुई दिनभित्र झिलिमिली बत्ती राख्ने काम सुरु गर्छौँ”, उनले भने, “यसपालि सडकबाटै झिलिमिली बत्ती राख्दै छौँ र त्यसपछि मन्दिरको छतमा पनि बत्ती जडान गर्ने योजना छ ।”

दसैँको तयारीसँगै मन्दिर परिसरमा विभिन्न संरचना निर्माण, मर्मत तथा स्तरोन्नतिका कामसमेत भइरहेका छन् । भोज घरको करिब ९८ प्रतिशत काम सकिएको छ भने भजन गर्ने पाटी र प्रबन्ध समितिको कार्यालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै, मयूर कुण्ड निर्माण पनि करिब ९५ प्रतिशत पूरा भएको समितिले जनाएको छ ।

मन्दिर क्षेत्रको पूर्वाधार विकासका लागि बागमती प्रदेश सरकार, वडा तथा सम्पदा संरक्षणसम्बन्धी बजेटबाट विभिन्न काम भइरहेको सदस्य सचिव खड्गीले बताए । “अझै गर्न बाँकी काम धेरै छन् । मन्दिर अगाडिको मुख्य सडकतर्फ रहेको बारलाई सांस्कृतिक स्वरूप दिने योजना छ । त्यसमा दाँची अप्पा राखेर पर्खाल उठाउने योजना बनाएका छौँ”, उनले भने । मैतीदेवी काठमाडौँ उपत्यकाका प्रसिद्ध शक्ति पीठमध्ये एक हो । बडादसैँको अवसरमा यहाँ दर्शन तथा पूजा आराधनाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

0 Comments