१८ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनमतको अध्यक्षमा सीके राउत पुनः निर्वाचित, महासचिवमा सञ्जय यादव 

अ अ+ अ-

काठमाडौँ। जनमत पार्टीको अध्यक्षमा डा. सीके राउत पुनः निर्वाचित भएका छन्। वीरगञ्जमा आयोजित महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा राउतले ९५८ मत प्राप्त गरेका छन् भने महासचिवमा सञ्जयकुमार यादव निर्वाचित भएका छन्।

अध्यक्षमा राउतको एकल उम्मेदवारी परेको थियो। यद्यपि, पार्टी विधानमा निर्वाचित हुन कुल सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले अध्यक्ष पदमा पनि मतदान गरिएको पार्टीले जनाएको छ।

महासचिवमा यादव, उपमहासचिवमा मण्डल
महासचिवका तीन प्रतिस्पर्धीमध्ये सिरहाका सञ्जयकुमार यादवले ६१८ मत प्राप्त गरी जित हासिल गरेका छन्। उनका प्रतिस्पर्धी ममता झाले २२० र चन्दनकुमार सिंहले १६५ मत पाएका छन्।

झा र सिंहले विधानअनुसार आवश्यक २० प्रतिशत मतको सीमा पार गर्न नसकेको पार्टीले जनाएको छ।

उपमहासचिवमा सिरहाका निर्मलकुमार मण्डल ५०१ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी ललितचन्द्र मल्लिकले ४१४ मत प्राप्त गरेका छन्।

सात उपाध्यक्ष र सात सचिव निर्वाचित
उपाध्यक्षमा अनिताकुमारी मण्डल, अनितादेवी साह, नरेन्द्रप्रसाद चौधरी, बसन्तकुमार कुशवाहा, डा. जयकान्त राउत, राजयकुमार यादव र माधवप्रसाद सिंह निर्वाचित भएका छन्।

सात उपाध्यक्ष पदका लागि ११ जना प्रतिस्पर्धामा थिए। परमेश्वर मुर्मु, हरपाल सिंह सोडी, मनोहरा देवी बैठा र रोशन खातुन निर्वाचित हुन सकेनन्।

सचिवमा सुरेन्द्र शर्मा, पारसप्रसाद साह, सन्तोष राज सहनी, अन्जनी देवी, राधाकुमारी यादव, हरेन्द्र चौधरी र बालगोविन्द चौधरी निर्वाचित भएका छन्। सात सचिव पदका लागि नौ जनाले प्रतिस्पर्धा गरेका थिए। वीरेन्द्र महतो ‘जीवन त्यागी’ र रामबाबु साह भने पराजित भएका छन्।

0 Comments