१९ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ हजारले बनाए राष्ट्रिय परिचयपत्र

अ अ+ अ-

जुम्ला । जिल्लामा एक वर्षको अवधिमा आठ हजार ६० जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका राष्ट्रिय परिचयपत्र शाखा प्रमुख कृष्णमाया रोकायाका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । 

सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि चालु आवको दुई महिनामा एक हजार ४६१ जनाले आवेदन दिएका छन् ।

यसैगरी, गत वर्ष ९७२ जनाले राहदानी लिएका थिए । यस्तै, चालु आवको दुई महिनामा १८६ जनाले राहदानी बनाएका छन् । हुलाकमार्फत २२० सेवाग्राहीको राहदानी घरमै पुर्‍याइएको जिल्ला प्रशासन कार्यालयका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिए ।

प्रशासन कार्यालय र हुलाक कार्यालयबीच भएको सम्झौताअनुसार गत वैशाखदेखि हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा सञ्चालन गरिएको छ ।

सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्‍याउने उद्देश्यले सरकारी कुरियर सेवा विस्तार गरिरहेको छ । गत चैत १३ गते स्वीकृत सरकारको शासकीय सुधारसम्बन्धी एक सय दिने कार्यसूचीअन्तर्गत हुलाक सेवालाई आधुनिकीकरण गर्दै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । 

0 Comments