२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ’ : मन्त्री लम्साल

अ अ+ अ-

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन् ।

सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले उक्त जानकारी दिएका हुन् ।

विपद्का कारण नाका सञ्चालनमा समस्या आएपनि सरकारले तत्काल सडक तथा पूर्वाधार पुन:स्थापनाका लागि काम गरिरहेको बताए । उनले तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार रहेको भए पनि चिनियाँ पक्षबाट अझै अनुमति प्राप्त नभएको जानकारी दिए ।

उनले भने, ‘रसुवागढी नाका कसरी खुलाउने भन्ने विषयमा पनि हामी लागिरहेका छौँ। अहिले तातोपानी नाकामा नेपाली पक्षलाई कुनै समस्या छैन । तातोपानी नाका सञ्चालनको लागी नेपाली पक्षले तत्कालै त्यो बाटो सञ्चालनमा ल्याइसकेको छ । अहिले पनि हामी तयार छौँ । हाम्रो लागि त्यो नाका सञ्चालन गर्न कुनै कठिनाइ छैन । चीन पक्षसँग पनि हामी नियमित संवादमा छौँ । दैनिक जसो नै संवाद भइरहेको छ । तर उहाँहरू अझै तयार भइसक्नुभएको छैन। हाम्रो संवाद निरन्तर भइरहेको छ । बाढी जाने तथा अन्य विपद्का कारण देखाएर चिनियाँ सरकार यस्ता अवस्थामा केही हदसम्म अनिच्छुक हुने गरेको देखिन्छ । विपद्को अवस्थामा नाका सञ्चालन गर्नका लागि उहाँहरूले अझै ‘ग्रिन सिग्नल’ दिइसक्नुभएको छैन । हामी प्रयास गरिरहेका छौँ । मलाई लाग्छ, चाँडै नै हामी नाका खोल्न सफल हुनेछौँ ।’

मन्त्री लम्सालले रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसको पुनः सञ्चालन गर्नमा पनि सरकारले योजना बनाइरहेको बताए । नुवाकोटको विदुरलाई ट्रेड सिटी, इन्डस्ट्रियल सिटी र स्याटेलाइट सिटीका रूपमा विकास गर्ने सरकारको योजना रहेको उनको भनाई छ । त्यसका लागि मास्टर प्लान तयार गर्ने काम अघि बढाउने उनले जानकारी दिए।

0 Comments