२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोहलपुरमा स्वास्थ्यकर्मीमाथि हातपातको आरोप, चार पेसागत संगठनद्वारा निष्पक्ष छानबिनको माग

बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र हातपात भएको भनिएको घटनाप्रति चार पेसागत संगठनले आपत्ति जनाएका छन्। उनीहरूले एकपक्षीय आरोपकै आधारमा कसैलाई दोषी ठहर नगरी सत्यतथ्य छानबिनपछि मात्रै कानुनी कारबाही अघि बढाउन माग गरेका छन्।

अ अ+ अ-

काठमाडौँ । बाँकेको कोहलपुरस्थित थापा पोलिक्लिनिकमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार तथा हातपात भएको भनिएको घटनाको निष्पक्ष छानबिन गर्न स्वास्थ्य क्षेत्रका चार पेसागत संगठनले माग गरेका छन्।

नेपाल चिकित्सक संघ, नेपाल नर्सिङ संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ र नेपाल जनस्वास्थ्य संघले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको यथार्थ पत्ता लगाई दोषी देखिए कानुनबमोजिम कारबाही गर्न माग गरेका हुन्।

असोज १७ गते अपराह्न पोलिक्लिनिकमा भएको भनिएको घटनाबारे सामाजिक सञ्जालबाट जानकारी प्राप्त भएको उल्लेख गर्दै संगठनहरूले आरोप लागेकै आधारमा कार्यस्थलमा प्रवेश गरी स्वास्थ्यकर्मीमाथि गालीगलौज र हातपात गर्नु स्वीकार्य नहुने बताएका छन्।

‘दोषी भए कारबाहीमा विमति छैन’
चारै संगठनले स्वास्थ्यकर्मीबाट गल्ती भएको पुष्टि भए कानुनअनुसार हुने कारबाहीमा आफ्नो कुनै विमति नरहेको स्पष्ट पारेका छन्। तर घटनाको छानबिनअघि नै एकपक्षीय आरोपका आधारमा दोषी करार गर्ने प्रवृत्तिले कानुनी प्रक्रियालाई कमजोर बनाउने उनीहरूको भनाइ छ।

“सो घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी दोषी ठहर भएमा कानुनबमोजिम कारबाही हुने कुरामा हाम्रो विमति छैन,” संयुक्त विज्ञप्तिमा भनिएको छ, “तर कसैले एकपक्षीय आरोप लगाएको भरमा कार्यक्षेत्रमा प्रवेश गरी गाली बेइज्जती गर्नु, हातपात गर्नु, आफैँ दोषी करार गर्नु पनि कानुनी राजको उपहास हो।”

उनीहरूले यस्ता घटनाले स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको मनोबलमा असर पर्नुका साथै स्वास्थ्य सेवा प्रवाहसमेत प्रभावित हुन सक्ने बताएका छन्।

छानबिनपछि मात्रै कारबाही अघि बढाउन माग
पेसागत संगठनहरूले घटनासँग सम्बन्धित दुवै पक्ष र उपलब्ध तथ्यको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

छानबिनबाट कसैको गल्ती वा कसुर पुष्टि भए प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने तर आरोपकै आधारमा कार्यस्थलमा पुगेर दुर्व्यवहार वा हातपात गर्ने अवस्थालाई प्रश्रय दिन नहुने उनीहरूको धारणा छ।

संयुक्त विज्ञप्तिमा नेपाल चिकित्सक संघका महासचिव डा. विश्वराज दवाडी, नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्मा, नेपाल स्वास्थ्य प्राविधिक संघका अध्यक्ष अधिवक्ता वसन्तकुमार श्रेष्ठ र नेपाल जनस्वास्थ्य संघका कार्यवाहक अध्यक्ष तेजप्रसाद दुलालले हस्ताक्षर गरेका छन्।

चारै संगठनले घटनामा कसलाई दोषी ठहर गर्नेभन्दा पनि सत्यतथ्य छानबिन र कानुनी प्रक्रियाबाटै जिम्मेवारी निर्धारण गर्नुपर्नेमा जोड दिएका छन्।

0 Comments