२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

यस वर्षको विजया दशमी कात्तिक ४ गते बुधबार परेको छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले टीकाको उत्तम साइत बिहान १०:२६ बजे निर्धारण गरेको छ भने देवी विसर्जन बिहान ८:४९ बजे गर्न उपयुक्त हुने जनाएको छ।

अ अ+ अ-

काठमाडौँ । यस वर्षको बडादसैँमा विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिले सार्वजनिक गरेको दशैंको साइतअनुसार विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जन गरी बिहान १०:२६ बजे टीका लगाउन उत्तम हुने जनाइएको छ।

समितिका अनुसार टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति पश्चिम दिशातर्फ फर्किनुपर्नेछ।

असोज २५ गते घटस्थापना
यस वर्ष असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना परेको छ। घटस्थापनाको शुभसाइत बिहान ११:४७ बजे निर्धारण गरिएको छ।

सो दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ। असोज २६ गते सोमबार बिहान १०:०७ बजे झण्डा फेर्ने शुभसाइत छ। झण्डा फेर्दा पश्चिम मोहडा गर्नुपर्ने जनाइएको छ। असोज २९ गते बिहीबार श्रीपचली भैरव यात्रा परेको छ।

असोज ३१ गते फूलपाती
असोज ३१ गते शनिबार फूलपाती परेको छ। त्यस दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान ७:३७ बजे र स्थिरासनको साइत बिहान १०:३९ बजे रहेको छ। कात्तिक १ गते आइतबार महाअष्टमी तथा कालरात्रि र कात्तिक ३ गते मंगलबार महानवमी परेको छ।

कात्तिक ४ गते विजया दशमी
कात्तिक ४ गते बुधबार विजया दशमी परेको छ। त्यस दिन बिहान ८:४९ बजे देवी विसर्जन र बिहान १०:२६ बजे टीका लगाउने उत्तम साइत रहेको समितिले जनाएको छ। सोही दिन श्री तुलजाभवानी यात्राको शुभसाइत बिहान १०:५१ बजे तथा स्थिरासनको साइत बिहान ११:५२ बजे रहेको छ। खड्गयात्रासमेत विजया दशमीकै दिन हुनेछ।

दशैंको अन्तिम दिन कात्तिक ८ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रत पूजा गरिनेछ।

0 Comments