२३ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एआई औजारको दुरुपयोगपछि चिनियाँ डेभलपरले बन्द गरे ‘आर्टेक्स’

अ अ+ अ-

काठमाडौँ । दक्षिण कोरियाका सातभन्दा बढी वित्तीय संस्थामा भएको साइबर आक्रमणमा प्रयोग भएको आशंकापछि चिनियाँ कृत्रिम बौद्धिकता (एआई) उपकरण आर्टेक्सका विकासकर्ताले यसको स्रोत कोडमा सार्वजनिक पहुँच बन्द गर्ने निर्णय गरेका छन् । डेभलपर ‘अटम–२७’ ले उपकरणको दुरुपयोग भएको स्वीकार गर्दै अब नयाँ संस्करण सार्वजनिक नगर्ने र मर्मतसम्भार सेवा पनि नदिने जनाएको छ ।

साइबर सुरक्षाका कमजोरी पत्ता लगाउन विकास गरिएको आर्टेक्स खुला स्रोतमा आधारित उपकरण थियो । यसबाट प्रोग्रामरहरूले मूल कोड डाउनलोड गरी आवश्यकताअनुसार परिमार्जन गर्न सक्थे । तर दक्षिण कोरियाली सरकारले यसै साता प्रमुख बैंकसहित सातभन्दा बढी वित्तीय संस्थामा तथ्यांक चोरी गर्न यसको प्रयोग भएको उच्च सम्भावना रहेको जनाएको थियो ।

दक्षिण कोरियाको वित्तीय सेवा आयोगका अनुसार आक्रमणबाट ६८ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । सिनहान बैंकका करिब २५ हजार ग्राहकका ऋण आवेदनसँग सम्बन्धित नाम, फोन नम्बर र वार्षिक आम्दानीजस्ता विवरण चुहिएका छन् ।

यसैबीच, जापानमा पनि यस्तै साइबर आक्रमणबाट करिब २० कम्पनीका तथ्यांक प्रभावित भएको आशंका गरिएको छ । ती घटनाले लाखौँ ग्राहकलाई असर पार्न सक्ने बताइएको छ । जापानका प्रहरी प्रमुख योसिनोबु कुसुनोकीले घटनाको पृष्ठभूमि र तिनबीचको सम्बन्धबारे स्पष्ट भइनसकेको बताएका छन् ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले एआईका कारण ह्याकिङ थप जटिल बनेको र त्यसबाट हुने क्षति विगतसँग तुलना गर्न कठिन भएको बताएका थिए । एआईका शक्तिशाली प्रणालीले कम्प्युटरमा आक्रमण गर्ने नयाँ विधि पत्ता लगाउन सक्ने क्षमताले विश्वव्यापी चासो बढाएको छ ।

अमेरिकी साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले सार्वजनिक गरेको अनुसन्धानमा आर्टेक्स प्रयोग गर्ने आक्रमणकारी सम्भवतः चीनमा आधारित २६ वर्षीय व्यक्ति रहेको उल्लेख छ । उनी चिनियाँ भाषी र आर्थिक लाभबाट प्रेरित भएको कम्पनीको अनुमान छ ।

विशेषज्ञहरूका अनुसार आर्टेक्सको स्रोत कोडमा सार्वजनिक पहुँच बन्द गर्दा नयाँ प्रयोगकर्तालाई यसको कोड प्राप्त गर्न कठिन हुनेछ । तर यसअघि डाउनलोड गरिएका प्रतिलिपिको प्रयोग रोक्न सकिने छैन । ‘हेलो चाइना टेक’ का संस्थापक पो झाओले खुला स्रोतको कोड डाउनलोड र परिमार्जन गर्न सकिने भएकाले डेभलपरको नियन्त्रण सीमित हुने बताएका छन् ।

‘फाउन्ड्री ल्याब्स’ की प्रमुख कार्यकारी अधिकृत इल्या कुल्यातिनले पनि प्रयोगकर्ताले उपकरणमा राखिएका दुरुपयोग रोक्ने प्रतिबन्ध हटाउन सक्ने बताएकी छन् । यद्यपि, खुला स्रोतले सुरक्षा अनुसन्धानकर्तालाई कोड जाँच्न, कमजोरी पहिचान गर्न र प्रणालीको सुरक्षा सुधार गर्नसमेत सहयोग पुर्‍याउने उनको भनाइ छ ।

0 Comments