२३ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा अवैध सुन प्रशोधन कारखाना फेला: तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ

अ अ+ अ-

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-२, भंगालमा अवैध रूपमा सुन प्रशोधन गरिरहेको अवस्थामा प्रहरीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष सूचनाका आधारमा छापा मार्दै करिब ५४ करोड ६० लाख रुपैयाँ बराबरको २१ किलो ७५० ग्राम सुन र प्रशोधनका लागि प्रयोग हुने मेसिनसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

शुक्रवार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले पक्राउ परेकाहरूमा हान फेइ, झोउ लोङ कुइन र वाङ ज्याङ जेन रहेको बताए । 

उनीहरूले बुढानीलकण्ठस्थित एक घर मासिक ३ लाख ३० हजार रुपैयाँ भाडामा लिई अवैध सुन प्रशोधन कारखाना सञ्चालन गर्दै आएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार बरामद गरिएको सुन बिस्कुट र लेसिलो (पेस्ट) अवस्थामा छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको परीक्षणबाट सो धातु सुन नै भएको पुष्टि भएको छ । 

पक्राउ परेकाहरूको साथबाट सुन तौलने तराजु, प्रशोधन गर्ने मेसिन, विभिन्न आकार दिने मोल्डिङ उपकरण, नगद (नेपाली र चिनियाँ), मोबाइल, सिमकार्ड तथा एटीएम कार्डहरू पनि बरामद गरिएको छ । 

प्रारम्भिक अनुसन्धानले यो गिरोह चीनमा रहेका ‘जेन जिया ल’ नामक व्यक्तिको निर्देशनमा सञ्चालित रहेको देखाएको छ । मुख्य योजनाकार मानिएका सु क्यानले घर भाडामा लिएर चीन फर्केपछि अन्य व्यक्तिहरूलाई नेपाल पठाएको र उनीहरूले ‘वी-च्याट’ मार्फत निर्देशन लिँदै सुन प्रशोधन र ओसारपसार गर्ने गरेको पाइएको छ । 

गिरोहले कच्चा सुनलाई केमिकलको प्रयोगबाट विभिन्न आकारमा ढाल्ने गरेको प्रहरीको भनाइ छ । 

प्रहरीले गाडीमा डेलिभरीका लागि लैजान लागिएको अवस्थामा समेत केही सुन बरामद गरेको छ । पक्राउ परेका चिनियाँ नागरिकहरू असोज महिनाको विभिन्न मितिमा नेपाल प्रवेश गरेको अभिलेखबाट देखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

0 Comments