२४ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बबरमहलको आकाशे पुल अन्तिम चरणमा: असोज २८ गतेबाट सञ्चालनमा आउने

अ अ+ अ-

काठमाडौँ । काठमाडौँको व्यस्त बबरमहल क्षेत्रमा पैदल यात्रुको आवागमनलाई सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माणधीन आकाशे पुल (पेडेस्ट्रियन ब्रिज)निर्माणको अन्तिम चरणमा पुगेको छ । 

सडक डिभिजन काठमाडौंकाअनुसार हालसम्म परियोजनाको भौतिक प्रगति ९२ प्रतिशत सम्पन्न भइसकेको छ । सडक डिभिजन काठमाडौँका प्रमुख सुवोध देवकोटाकाअनुसार २०८२ फागुन २१ गते सम्झौता भई शुरु भएको उक्त पुल निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न गर्ने तयारी गरिएको छ । निर्माण कम्पनी हाइटेक इन्जिनियरिङ वर्कस प्रालि, हेटौँडाले जिम्मा पाएको यस आयोजनाको कुल लागत २ करोड ५२ लाख ४५ हजार ९ सय ५३ रुपैयाँ रहेको छ ।

 पुलको मुख्य संरचनाको काम सकिएसँगै हाल रेलिङ राख्ने र भर्‍याङ जोड्ने कार्य अन्तिम चरणमा पुगेको छ । तोकिएको म्यादअनुसार पुल निर्माण सम्पन्न गर्ने अन्तिम म्याद २०८३ असोज ३० गतेसम्म भए तापनि सडक विभागले असोज २८ गतेबाटै उक्त पुल पैदल यात्रुको प्रयोगका लागि सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।

 बबरमहल क्षेत्रमा सवारी चाप र पैदल यात्रुको बाक्लो उपस्थितिलाई मध्यनजर गर्दै यो पुल निर्माण अघि बढाइएको हो । निर्माण कार्य सम्पन्न भएपश्चात् यस सडक खण्डमा पैदलयात्रुले सुरक्षित रूपमा सडक पार गर्न सक्नेछन्, जसले दुर्घटना न्यूनीकरणमा पनि मद्दत पुग्ने विश्वास गरिएको छ । 

0 Comments