२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुढीगण्डकी बाढी तीन चरणमा: बेनीघाटसम्म उच्च जोखिम-८.५ मिटर सतहमाथि पुग्यो

अ अ+ अ-

काठमाडौँ । गोरखाको जगत क्षेत्रबाट बूढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण बेनीघाटसम्मको क्षेत्रमा उच्च जोखिम देखिएको छ ।

नदीमा गेग्रान मिश्रित ठूलो बहाव आएपछि आरुघाटस्थित बाढी मापन केन्द्र र पुल बगेका छन् ।  बाढीको जोखिमलाई मध्यनजर गर्दै बाढी पूर्वानुमान शाखाले त्रिशूली र नारायणी करिडोरका तटीय क्षेत्रमा आज दिनभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबार बिहान करिव ४ बजे शुरु भएको बाढी तीन चरणमा आएको तथ्यांकले देखाएको छ । बिहान ६:३० बजेदेखि बढ्न थालेको बाढी ८:४५ बजेसम्म ८.५ मिटरको सतहमा पुगेको थियो । जुन खतराको तहभन्दा धेरै माथि हो । यसअघि नै बाढी पूर्वानुमान शाखाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको थियो । 

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीकाअनुसार गोर्खाको चुमनुब्री गाउँपालिकामा खसेको पहिरोका कारण नदी थुनिएर क्यास्केडिङ इफेक्ट ९क्रमिक रूपमा फुट्ने प्रक्रिया० हुँदा बाढी विभिन्न चरणमा आएको हुनसक्ने प्रारम्भिक अनुमान छ । उपग्रहबाट प्राप्त तस्बिरहरूमा हिमाल क्षेत्रमा पहिरो देखिएको छ, जसको यकिन विवरण आउन अझै केही समय लाग्नेछ । 

उनले भने, ‘बुढीगण्डकी नदीमा आज बिहान आएको आकस्मिक बाढीको जानकारी बिहान ५:३० बजेतिर प्राप्त भएपछि तत्कालै तल्लो तटीय क्षेत्रमा सतर्कता सूचना जारी गरिएको थियो । आरुघाटस्थित बाढी मापन केन्द्रका अनुसार बिहान ६:३० बजे जलस्तर करिव एक मिटर बढेको थियो। त्यसपछि बिहान ७:५० बजे पाँच मिटरको खतरा तह पार गरेको र बिहान ८:४५ बजेतिर जलस्तर ८.५ मिटर पुगेको थियो । त्यसपछि बाढीले मापन केन्द्र र पुल बगाएकाले थप तथ्यांक प्राप्त हुन सकेको छैन । बाढीले गेग्रानसहित ठूलो मात्रामा पानी बगाएर ल्याएको देखिएको छ। प्रारम्भिक भू–उपग्रह तस्बिरमा चुमनुब्री गाउँपालिकाको माथिल्लो हिमाली क्षेत्रमा ठूलो पहिरो देखिएको छ । पहिरोका कारण नदी थुनिएर विभिन्न चरणमा खुलेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि बाढीको वास्तविक कारणबारे थप अध्ययन भइरहेको छ । जोखिमको आकलनअनुसार बेनीघाटसम्म अति उच्च जोखिम, मुग्लिनसम्म उच्च जोखिम र मुग्लिनभन्दा तल मध्यम जोखिम रहेको छ । देवघाटमा जलस्तर उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले चितवन र नवलपरासी पूर्वका तटीय क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढीको प्रभाव कम गर्न र मानवीय क्षति रोक्न सम्बन्धित निकायले सूचना प्रवाह, बस्ती खाली गराउने र उद्धार कार्यलाई तीव्रता दिएका छन् । नेपाली सेनाको हेलिकप्टरबाट ६ जनाको सकुशल उद्धार गरिएको छ । बाढीको बहाव घटेर अवस्था सामान्य नहुँदासम्म बूढीगण्डकी, त्रिशूली र नारायणी नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।’

बाढीका कारण गोरखा क्षेत्रमा फसेका ६ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ । हाल बूढीगण्डकीको बाढी त्रिशूलीमा मिसिँदा त्रिशूलीको सतहमा करिव ३ मिटर बहाव बढ्ने आँकलन गरिएको छ। मुग्लिनसम्म उच्च जोखिम र मुग्लिनभन्दा तल्लो तटीय क्षेत्रमा मध्यम जोखिम रहेको शाखाले जनाएको छ । साथै, चितवन र नवलपरासीको तटीय क्षेत्रमा समेत नदीको बहाव उल्लेखनीय रूपमा बढ्ने भएकाले आज साँझसम्म नदीको अवस्था सामान्य नहुँदासम्म शतर्क रहन सबैमा अपिल गरिएको छ ।

0 Comments