२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेडिकल टुरिजमलाई प्रवर्द्धन गर्दै पोखरामा अन्तर्राष्ट्रिय काउन्सीलरसहित १५ शैय्याको अस्पताल शुरु

अ अ+ अ-

काठमाडौँ । काठमाडौँको पर्यटकीय केन्द्र ठमेलमा विदेशी पर्यटक, रैथाने नागरिक र स्थानीय समुदायलाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्दै आएको ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पतालले देशको पर्यटकीय राजधानी पोखरामा आफ्नो सेवा विस्तार गरेको छ ।

अस्पतालले बडा दशैँको पावन अवसरमा आज घटस्थापनाको दिन पारेर पोखरा (१७) पावर हाउसमा १५ शैय्याको नयाँ अस्पताल औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । यो अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा  उपलब्ध रहनेछ । हालै पोखराबाट सिधै दुबई र दुबईबाट नियमित पोखरा उडान शुरु भएसँगै पोखरामा आउने विदेशी पर्यटक र मेडिकल टुरिजमलाई विशेष ध्यानमा राखेर यो सेवा विस्तार गरिएको अस्पतालकी अध्यक्ष डा. सिया चेनचेनले बताइन् । उनकाअनुसार पोखरामा विस्तारित यो अस्पतालले विदेशी पर्यटकहरूको स्वास्थ्य सुरक्षालाई भरपर्दो बनाउन अन्तर्राष्ट्रिय काउन्सीलरसहितको विशेष सुविधा प्रदान गर्ने र स्थानीयको स्वास्थ्य सेवामा टेवा पुग्नेछ ।

यसअघि सन् २०२२ जुलाई २२ देखि काठमाडौँको लेकनाथ मार्गमा १५ शैय्याको अत्याधुनिक अस्पताल सञ्चालन गर्दै आएको यस संस्थालाई नेपाल वैदेशिक चिनियाँ संघले थप स्वास्थ्य सुरक्षा एकाइको रूपमा समेत प्रमाणित गरिसकेको अस्पतालका सञ्चालक समिति सदस्य विदुर खतिवडाले जानकारी दिए । अत्याधुनिक प्रविधि र उपकरणहरूले सुसज्जित यस अस्पतालले विदेशी पर्यटकहरूका लागि भाषाको अवरोध हटाउन बहुभाषिक कर्मचारी, अन्तर्राष्ट्रिय ट्राभल इन्स्योरेन्स दाबी प्रक्रियामा सहजता, र दूतावासहरूसँगको समन्वयलाई पोखरामा पनि निरन्तरता दिने खतिवडाले बताए ।  

पोखरा र वरपरका क्षेत्रमा पदयात्रा तथा भ्रमणका क्रममा हुनसक्ने स्वास्थ्य समस्या र भवितव्यलाई सम्बोधन गर्न यो अस्पतालले कोसोढुङ्गाको काम गर्ने अपेक्षा गरिएको छ । 

0 Comments