२७ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जर्मनीका लागि प्रस्तावित राजदुत जोशी: ‘कूटनीतिलाई परिणाममुखी र आर्थिक विकाससँग जोड्छु’

अ अ+ अ-

काठमाडौँ । जमनीका लागि नेपाली राजदूतमा प्रस्तावित सरु जोशीले कूटनीतिक नियोगलाई आर्थिक विकास, वैदेशिक लगानी र श्रम कूटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रतिवद्धता व्यक्त गरेकी छन् । 

संसदीय सुनुवाइ समितिको मंगलवारको बैठकमा उनले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै नेपालको हित र समृद्धिका लागि आफ्नो अनुभवलाई पूर्ण रूपमा उपयोग गर्ने बताएकी हुन् । 

 प्रस्तावित राजदुत जोशीले संयुक्त राष्ट्र संघमा करिव २१ वर्ष काम गरेको अनुभवलाई कूटनीतिक क्षेत्रमा प्रयोग गर्दै नेपालको छवि सुधार र आर्थिक उन्नतिमा उपयोग गर्ने बताइन् । उनले आफूले कुनैपनि गैरसरकारी संस्थामा काम नगरेको स्पष्ट पार्दै राष्ट्रसंघीय निकायमा गरेको कामले स्वार्थको द्वन्द्व नहुने दाबी गरिन् । उनले आफ्नो कूटनीतिक प्राथमिकताका रूपमा आर्थिक कूटनीति, पर्यटन प्रवर्द्धन र वैदेशिक रोजगारीको व्यवस्थापनलाई अघि सारिन् । श्रम बजारको विषयमा उनले नेपाल र जर्मनीबीचको कन्सुलर सेवा र श्रम सम्झौतालाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरिन्। दक्ष जनशक्ति पठाउने र नेपालमा रहेको जनशक्ति अभावलाई सम्बोधन गर्न निजी क्षेत्र र सरकारी निकायसँग समन्वय गरी कार्ययोजना बनाउने उनको भनाइ छ । 

जोशीले भनिन्, ‘कूटनीति भनेको केवल प्राविधिक विषय होइन, यो अवसर खोज्ने माध्यम पनि हो । फिलिपिन्सबाट सिकेको अनुभवअनुसार म साना–साना अवसरहरूलाई पनि ग्रयाब गर्दै दुवै मुलुकको हित हुनेगरी परिणाममा लैजान केन्द्रित हुनेछु ।’युक्रेनमा रहेका नेपाली र युद्धबन्दीका विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरी अघि बढ्ने बताउँदै उनले नेपालको जडीबुटीजन्य उत्पादनको निर्यातका लागि ल्याब टेस्ट र प्रमाणीकरणको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइन् । 

उनले जर्मनीमा रहेको नेपाली डायस्पोराको सीप र नेटवर्कलाई नेपालको विकासमा औपचारिक च्यानलमार्फत जोड्ने योजना पनि सुनाइन् । 

0 Comments