काठमाडौँ । सातै प्रदेशका मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रदेशको अधिकार, प्रशासनिक संरचना र स्रोतसाधन हस्तान्तरण गर्न संघीय सरकारसँग माग गरेका छन्। कोशी प्रदेशको विराटनगरमा असोज २७ र २८ गते सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन-२०८३ ले ‘कोशी घोषणा-२०८३’ जारी गर्दै यस्तो माग अघि सारेको हो।
सम्मेलनले संघीय शासन प्रणालीलाई प्रभावकारी बनाउने, प्रदेशहरूबीच सहकार्य विस्तार गर्ने र साझा विकासका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।



