२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौ महिनामा चीनको व्यापार बचत ९३८ अर्ब डलर

अ अ+ अ-

एजेन्सी । चीनको व्यापार बचत सन् २०२६ को पहिलो नौ महिनामा ९३८ अर्ब अमेरिकी डलर पुगेको छ । सेप्टेम्बरमा निर्यात ३६.३ प्रतिशतले बढेपछि गत वर्षको १२ खर्ब डलरको कीर्तिमानी व्यापार बचत उछिन्ने सम्भावना बढेको छ ।

चिनियाँ भन्सार निकायका अनुसार सेप्टेम्बरमा आयात ३१ प्रतिशतले बढ्दा मासिक व्यापार बचत अगस्टको ११९.१ अर्ब डलरबाट बढेर १३३.५ अर्ब डलर पुगेको छ । जनवरीदेखि सेप्टेम्बरसम्म अर्धचालकको निर्यात १०८.१ प्रतिशत, तथ्यांक प्रशोधन उपकरण तथा पार्टपुर्जाको ५४.६ प्रतिशत र सवारीसाधनको ५४.३ प्रतिशतले बढेको छ ।

निर्यात वृद्धिले घरेलु उपभोग र लगानी सुस्त रहेको चीनको अर्थतन्त्रलाई सहयोग गरे पनि घरजग्गा क्षेत्रको मन्दी चुनौती बनेको छ । चीनले सन् २०२६ मा ४.५ देखि पाँच प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ । तर अन्तर्राष्ट्रिय मुद्राकोषले वृद्धिको अनुमान घटाएर ४.५ प्रतिशतमा झारेको छ ।

चीनको बढ्दो व्यापार बचतले अमेरिका र युरोपेली संघ (इयु) सँग तनाव बढाउने जोखिम छ । इयुले चीनसँगको दैनिक एक अर्ब १० करोड डलरभन्दा बढीको व्यापार घाटा घटाउन प्रयास गरिरहेको छ । इयुका व्यापार प्रमुख मारोस सेफकोभिचले आगामी केही वर्षमा चीनबाट हुने हाइब्रिड कारको आयात आधा गर्ने विषयमा सहमति भएको बताएका थिए ।

विश्लेषकहरूका अनुसार कमजोर युआनले चिनियाँ सामान सस्तो बनाउन सहयोग गरे पनि पश्चिमी बजारमा व्यापारिक दबाब बढिरहेको छ । दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकामा निर्यात विस्तारले पश्चिमी बजारको मागलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न नसक्ने उनीहरूको भनाइ छ । विश्वव्यापी कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा लगानी सुस्त भए चीनको उच्च प्रविधियुक्त सामानको निर्यातमा समेत असर पर्न सक्ने अर्थशास्त्री म्याक्स जेंगलेनले बताएका छन् ।

चीनले घरेलु माग बढाउन घर खरिदकर्ताको धितो ऋणको ब्याजमा अनुदानजस्ता उपाय अघि सारे पनि आन्तरिक माग सुदृढ पार्नु चुनौती बनेको छ । चीनले आगामी साता जुलाई–सेप्टेम्बर त्रैमासिकको आर्थिक वृद्धिदर सार्वजनिक गर्ने तयारी गरेको छ ।

0 Comments