३० आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरियाका शारासँग द्रुज हिंसाबारे फोनवार्ता गरेको नेतन्याहूद्वारा स्वीकार

अ अ+ अ-

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पहिले सिरियाली राष्ट्रपति अहमद अल–शारासँग द्रुज समुदायमाथि भएको हिंसाबारे कुरा गरेको स्वीकार गरेका छन् । यो सारासँग उनको प्रत्यक्ष सम्पर्कको पहिलो स्वीकारोक्ति हो ।

नेतन्याहूले फोनवार्ता कहिले भएको थियो भन्ने बताएनन् तर उनको भनाइले सन् २०२५ जुलाईमा दक्षिण सिरियामा द्रुज समूह, बेदुइन लडाकु र सरकारी सुरक्षा बलबीच भएको रक्तरञ्जित झडपका क्रममा भएको संकेत दिन्छ ।

“मैले अल–शारालाई फोन गरेँ । यो धेरै छोटो र धेरै लक्षित कुराकानी थियो, र हत्या रोकियो,” नेतन्याहूले इजरायलको द्रुज समुदायसँगको चुनावी सभामा भने । उनको भिडियो इजरायली सार्वजनिक प्रसारक कानले प्रसारण गरेको थियो ।

सन् २०२५ को झडप सिरियाको स्वेइदा प्रान्तमा सशस्त्र द्रुज समूह र बेदुइन लडाकुबीच सुरु भएको थियो । त्यसपछि सरकारी सुरक्षा बल र केही जनजातीय समूहले बेदुइनको पक्ष लिएका थिए । ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का अनुसार दुई हजारभन्दा बढी मानिस मारिएका थिए भने तीमध्ये ७८९ द्रुज नागरिक थिए ।

सिरियाली सरकारले गठन गरेको समितिले एक हजार ७६० जनाको मृत्यु दर्ता गरेको बताएको छ । त्यसबेला सरकारी बल र उनीहरूका सहयोगीहरूमाथि नागरिकहरूको हत्या र अन्य दुर्व्यवहारको आरोप लागेको थियो ।

इजरायलमा पनि झडपका क्रममा सैन्य हस्तक्षेप भएको क्षेत्रमा बसोबास गर्ने द्रुज जनसङ्ख्या छ । स्वेइदामा र दमास्कसमा सरकारी लक्ष्यमा आक्रमण गर्दै उसले अल्पसङ्ख्यक समुदायको रक्षा गरिरहेको बताएको थियो ।

पछि सरकारी पक्षका बलहरू स्वेइदा शहरबाट फर्किए र कमजोर युद्धविराम कायम भयो। यसै वर्ष जुलाईमा दमास्कसले हिंसाका आरोपीहरूको मुद्दा चलाउन थालेको बताएको थियो ।

सन् २०२४ डिसेम्बरमा लामो समयदेखि शासन गरेका बशर अल–असदको पतनपछि इजरायलले सिरियामा सयौं आक्रमण गरेको छ र सन् १९७४ देखि गोलानमा इजरायली र सिरियाली बललाई छुट्ट्याउने संयुक्त राष्ट्र संघको गस्ती क्षेत्रमा सेना पठाएको छ ।

उसले सिरियाली भूमिभित्र गहिरो घुसपैठ पनि गरेको छ र दक्षिण सिरियामा तथाकथित ‘सुरक्षा क्षेत्र’ मा सेना राख्ने वाचा गरेको छ जहाँ उसले फराकिलो सैन्यमुक्त क्षेत्र खोजिरहेको छ । सिरियाका नयाँ नेताहरूले देशको दक्षिणमा इजरायली सैन्य कारबाहीको निन्दा गरेका छन् तर बल प्रयोग गरेर जवाफ दिएका छैनन् । तनावका बाबजुद सिरिया र इजरायलले सुरक्षा सम्झौतातर्फ अघि बढ्दै प्रत्यक्ष वार्ताका केही चरणहरू सम्पन्न गरेका छन् ।

0 Comments