३१ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यमनको अदनस्थित राष्ट्रपति भवनमा हुथी समूहको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु

अ अ+ अ-

यमन । यमनको दक्षिणी बन्दरगाह शहर अदनस्थित राष्ट्रपतीय भवन परिसरलाई लक्षित गरी हुथी विद्रोही समूहले गरेको भीषण क्षेप्यास्त्र आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमन सरकारको अस्थायी मुकाम रहेको ‘अल–माशिक’ दरबार परिसरमा बिहीबार उक्त हमला भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । 

यमनका जनस्वास्थ्य तथा जनसंख्या मन्त्री कासिम बुहैबेहकाअनुसार आक्रमणमा ज्यान गुमाउने र घाइते हुनेहरूमा राष्ट्रपति भवन परिसरको सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा त्यहाँ कार्यरत निजामती कर्मचारीहरू रहेका छन् । स्थानीय सुरक्षा अधिकारीहरूले दिएको जानकारीअनुसार विद्रोहीहरूले राष्ट्रपति भवन परिसरमा पाँचवटा क्षेप्यास्त्र प्रहार गरेका थिए भने अदनकै अल बुरैका जिल्लामा रहेको साउदी नेतृत्वको संयुक्त सैन्य गठबन्धनको मुख्यालयलाई समेत अर्को आक्रमणमार्फत निशाना बनाइएको थियो । प्रत्यक्षदर्शीहरूकाअनुसार क्षेप्यास्त्र प्रहारसँगै अदन सहरभर शक्तिशाली विस्फोटको आवाज सुनिएको थियो र राष्ट्रपति भवन वरपरको आकाशमा बाक्लो धुवाँको मुस्लो फैलिएको थियो ।

 उक्त परिसरमा हुथी विद्रोहीविरुद्धको लडाइँलाई तिब्र बनाउने विषयमा साउदी समर्थित सरकारी फौजबीच उच्चस्तरीय छलफल आयोजना गरिएको केही समयपछि नै यो घातक आक्रमण भएको बताइएको छ । यता, हुथी समूहका सैन्य प्रवक्ता याह्या सारियाले अदनमा रहेको साउदी सैन्य सञ्चालन मुख्यालयलाई सफलतापूर्वक निशाना बनाएको दाबी गरेका छन् । हुथीद्वारा सञ्चालित अल–मसिराह टेलिभिजनले उक्त आक्रमणमा साउदी सैन्य अधिकारीहरू मारिएको वा घाइते भएको जनाए पनि साउदी अरब वा साउदी नेतृत्वको गठबन्धनले भने यसबारे तत्काल कुनै औपचारिक टिप्पणी गरेको छैन । पछिल्ला दिनहरूमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव तीव्र रूपमा बढेको छ । 

साउदी गठबन्धनका अनुसार अक्टोबर १ यता हुथीहरूले साउदी राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी २० पटकभन्दा बढी आक्रमण गरिसकेका छन्, जसमा १७ जनाको मृत्यु र ३३० भन्दा बढी घाइते भएका छन् । अर्कोतर्फ, हुथी विद्रोहीले पनि साउदी लडाकु विमानहरूले विगत २४ घण्टाभित्र यमनका विभिन्न हुथी नियन्त्रित इलाकामा ६५ पटक हवाई तथा क्षेप्यास्त्र हमला गरेको आरोप लगाएका छन् ।

 संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले साउदी अरबका नागरिक उड्डयन तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी हुथी समूहले बढाएको पछिल्लो आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। सन् २०१४ को अन्त्यतिर हुथी विद्रोहीले राजधानी सानालगायत उत्तरी भूभाग कब्जा गरेर सरकारलाई विस्थापित गरेयता यमन लगातार गृहयुद्धको चपेटामा फस्दै आएको छ । 

0 Comments