३१ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनकपुरधामको राजदेवी मन्दिरमा भित्र्याइयो फूलपाती: मिथिलामा ‘बेलतोडी’को रौनक

अ अ+ अ-

काठमाडौँ । बडादशैँको सातौँ दिन अर्थात् महासप्तमीका अवसरमा आज मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित प्रसिद्ध शक्ति पीठहरूमा परम्परागत विधिअनुसार हर्षोल्लासका साथ फूलपाती भित्र्याइएको छ ।

 ऐतिहासिक राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टुकडीले सलामी अर्पण गर्दै भव्य रूपमा फूलपाती प्रवेश गराएको हो । श्री महावीर युवा कमिटी तथा श्री राम युवा कमिटीको संयुक्त संयोजनमा आयोजित उक्त समारोहमा बिहानैदेखि श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको थियो । शक्तिपीठ राजदेवी मन्दिर परिसरबाट निस्केको विशेष शोभायात्रा परम्परागत बाजागाजा र सांस्कृतिक झाँकीसहित जनकपुरधामकै गिरिनारी कुट्टी प्राङ्गण पुगेको थियो । कुट्टी परिसरमा रहेको पवित्र बेलको रूखमुनि वैदिक विधिअनुसार पूजाअर्चना सम्पन्न गरी बेलको फल टिपेर ल्याइएको थियो । मन्दिर व्यवस्थापन तथा स्थानीय अगुवाहरूका अनुसार सुरक्षा निकायको गारत सलामी र भक्तजनको जयघोषका बीच उक्त बेलको फलसहितको नवपत्रिकालाई राजदेवी मन्दिरको गर्भ गृहमा विधिपूर्वक भित्र्याइएको हो । मिथिलाञ्चलमा दशैँका अवसरमा बेलको पूजा र विधिलाई अत्यन्तै श्रद्धा एवं महत्वका साथ लिने गरिन्छ । 

परम्पराअनुसार षष्ठी तिथिको साँझ बेलको फललाई रातो वा पहेँलो कपडाले बाँधेर विधिवत् रूपमा पूजा गरी निम्तो दिइने प्रचलनलाई स्थानीय भाषामा ‘बेलनौती’ भन्ने गरिन्छ । त्यसैगरी, सप्तमीको बिहान निम्ता गरिएको उक्त बेलको फल टिपेर मन्दिरमा ल्याई शक्तिस्वरूपा भगवतीलाई चढाउने वा बलि दिने विधिलाई ‘बेलतोडी’ भनिन्छ ।

 शताब्दीयौँ पुरानो यो मौलिक परम्पराले मिथिलाको सांस्कृतिक वैभव तथा प्रकृतिपूजक विशिष्ट चरित्रलाई उजागर गरेको छ । फूलपाती भित्र्याइएसँगै जनकपुरधामका शक्ति पीठहरूमा दर्शनार्थीहरूको घुइँचो बढेको छ । 

0 Comments