४ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चाडपर्व राष्ट्रिय पहिचानका धरोहर’ : मुख्यमन्त्री थापा

अ अ+ अ-

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालीका चाडपर्व राष्ट्रिय पहिचानका धरोहर भएको बताएका छन् ।विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले हाम्रा चाडपर्वहरू धार्मिक तथा सांस्कृतिक आस्था मात्र नभई सामाजिक सद्भाव, आपसी एकता, पारिवारिक सामीप्यता एवं राष्ट्रिय पहिचानका धरोहर भएको बताए । 

विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्परागत पर्वहरूले आपसी भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना सुदृढ बनाउँदै आएको उनले बताए । यी पर्वहरूले समाजमा प्रेम, सहयोग, सद्भाव र सहअस्तित्वको भावना अभिवृद्धि गर्दै समुन्नत तथा समावेशी समाज निर्माणका लागि प्रेरणा प्रदान गर्ने सन्देशमा भनिएको छ ।

यस वर्षका चाडपर्व मनाइरहँदा प्राकृतिक विपद्का कारण उत्पन्न पीडा र कठिनाइलाई पनि आफूहरूले गम्भीरतापूर्वक स्मरण गर्नुपरेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले विशेषगरी भोटेकोसी तथा बूढीगण्डकीमा आएको बाढीका कारण नागरिकहरूको पीडाले सबैलाई मर्माहत बनाएको बताए । 

विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै उनले प्रभावितहरूको जीवन सामान्य अवस्थामा फर्काउन प्रदेश सरकारले काम गरिरहेको बताए। प्रदेश सरकार विपद् प्रभावित नागरिकको उद्धार, राहत, पुन:स्थापना तथा पुनर्निर्माणका कार्यलाई प्राथमिकताका साथ अघि बढाउन प्रतिबद्ध रहेको सन्देशमा भनिएको छ । 

0 Comments