६ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता गर्ने योजना

अ अ+ अ-

काठमाडौँ । रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबु धाबीमा त्रिपक्षीय वार्ता गर्ने योजना रहेको क्रेमलिनले जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले वार्ताको अर्को चरण अबु धाबीमा आयोजना गर्ने योजना रहेको बताएका हुन् । यस साता सेन्ट पिटर्सबर्गमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी विशेष दूत स्टिभ विटकफबीच भएको भेटवार्तापछि वार्ता प्रक्रिया पुन: सुरु गर्ने सम्भावना बढेको हो । वर्षको सुरुदेखि अवरुद्ध रहँदै आएको वार्तालाई अघि बढाउन रुसले पनि तत्परता देखाएको छ ।

पेस्कोभका अनुसार वार्ता मध्य नोभेम्बरमा हुने योजना छ र त्यसमा रुस, युक्रेन तथा अमेरिकाको सहभागिता रहनेछ । रुसले नोभेम्बर १० आसपास वार्ता हुन सक्ने सङ्केत गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र पारिरहेका बेला यो घोषणा आएको हो । अमेरिकी विशेष दूत विटकफले पुटिनसँग भेट गर्नुअघि मङ्गलबार नर्वेको ओस्लोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग छलफल गरेका थिए । 

यी भेटवार्तापछि किएभ र मस्को दुवैले अमेरिकी मध्यस्थतामा प्रत्यक्ष वार्ता पुन: सुरु गर्न आफूहरू तयार रहेको सङ्केत दिएका छन् । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण स्तरको आक्रमण सुरु गरेपछि जारी युद्ध पाँचौँ वर्षतर्फ अघि बढिरहेको छ । युद्ध अन्त्य गर्ने उद्देश्यले हुन लागेको सम्भावित वार्तालाई महत्त्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ ।

यद्यपि, वार्ता कहिले सुरु हुने भन्ने विषयमा दुवै पक्षको प्राथमिकतामा केही भिन्नता देखिएको छ । रुसले नोभेम्बरको दोस्रो सातालाई सम्भावित समयका रूपमा अघि सारेको छ भने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले वार्ता जतिसक्दो चाँडो हुनुपर्नेमा जोड दिएका छन् । यसैबीच, बिहीबार राति प्रसारित एक टेलिभिजन अन्तर्वार्तामा राष्ट्रपति पुटिनले सम्भावित त्रिपक्षीय वार्ता छोटो अवधिको युद्ध विराममा मात्र केन्द्रित नहुने बताए । 

उनका अनुसार छलफलको मुख्य विषय अन्तिम शान्ति सम्झौतासँग सम्बन्धित सुरक्षा व्यवस्थाहरू हुनेछन् ।

0 Comments