काठमाडौँ । प्रहरीले अवैध आगुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ घर भइ नीलकण्ठ नगरपालिका–१४ बस्ने २९ वर्षीय जोमान तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।
उनका अनुसार चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा प्रहरी प्रभाग र लागुऔषध नियन्त्रण ब्यूरो, नागढुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्र.१–०२–००२ ख १२८२ नम्बरको बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार तामाङको साथबाट १४.४८ ग्राम खैरो हेरोइन बरामद गरेको हो ।
उनलाई पक्राउ गरी लागुऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




