११ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनमा बदर मत घटाउन र सदर मत बढाउन सक्रिय भूमिका खेल्न प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह

अ अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा बदर मत घटाउन तथा धेरैभन्दा धेरै नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउन सक्रिय भूमिका खेल्न दलहरुलाई आग्रह गरेका छन् । 

बुधवार निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टीले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले लोकतन्त्रको सुन्दरता नै धेरैभन्दा धेरै नागरिक निर्वाचनमा सहभागी हुनु रहेको बताउँदै मतदान प्रतिशत बढाउन निर्वाचनसम्बन्धी सचेतना र सहभागिता अभिवृद्धिमा जोड दिए । 

निर्वाचनमा नागरिकको सहभागिता बढाउन राज्यका सम्बन्धित निकाय, राजनीतिक दल र सरोकारवाला पक्षले आ–आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा उनको जोड छ । 

उनले मतदाताले सही तरिकाले मतदान गर्न सक्ने वातावरण निर्माण गर्न निर्वाचनसम्बन्धी शिक्षा र सचेतनामूलक कार्यक्रमलाई व्यापक रूपमा अघि बढाउनुपर्नेमा जोड दिए। मतदातालाई मतदान प्रक्रिया, मतपत्रमा सही तरिकाले मत संकेत गर्ने विधि तथा मतदानको महत्वबारे जानकारी गराउन राजनीतिक दलहरूले प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई निर्वाचनमा सहभागी गराउन निर्वाचन आयोगले सक्रियताका साथ काम गरिरहेको पनि बताए । उनले स्थानीय तहको निर्वाचन गैरदलीय प्रणालीबाट गर्ने विषयमा राजनीतिक दलहरूबीच आपसी छलफल हुन आवश्यक रहेको बताए ।

उनले भने, ‘मूलतः विदेशमा रहेका नागरिकहरूको मताधिकार र गैरदलीय स्थानीय तहको चुनावमा गैरदलीय हुनुपर्छ भन्ने कुरा छ । यो एकदमै समसामयिक र जल्दोबल्दो मागको रूपमा उठान गर्नुभएको छ । निर्वाचन आयोगले एक्जिस्टिङ संविधान, कानुन, नियमभित्र रहेर कार्यसम्पादन गर्नुपर्ने हुन्छ । यस विषयमा हामीले सबै राजनीतिक दलहरूसँग अझ गहिरोसँग बहस गर्न आवश्यक रहेको छ । २०८२ फागुनमा सम्पन्न निर्वाचनमा समेत ५५ देखि ६५ प्रतिशत मतदाता मात्र मतदानमा सहभागी हुनुभएको थियो । धेरैभन्दा धेरै नागरिक मतदानमा सहभागी हुनु नै लोकतन्त्रको सुन्दरता हो नि । त्यसकारण हामीले मतदान प्रतिशत वृद्धि गर्नुपर्ने आवश्यकता रहेको छ । अर्को, बदर मत संख्या पनि घटाउनुपर्ने छ । बदर मत संख्या वर्षेनी वृद्धि हुँदै गइरहेको छ । यसलाई कम गर्न हामीले अलि एक्सटेन्सिभ रूपमा सञ्चालन गर्नुपर्ने छ । यसमा निर्वाचन आयोगले भन्दा पनि राजनीतिक दलहरूले अझै धेरै काम गर्नुपर्ने छ । सदर मत बढाउने र बदर मत घटाउने काममा दलहरूले काम गर्नुपर्नेछ ।’

उनले २०८२ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ५५ देखि ६५ प्रतिशत मतदाता मात्र मतदानमा सहभागी भएको उल्लेख गर्दै अधिकतम नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउनुपर्ने समेत बताए । 

0 Comments